ममता र पुकारआइटिएफ वर्षखेलाडी

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ) ले पुरुषमा पुकार केसी र महिलामा ममता थापालाई वर्ष–२०६८ को उत्कृष्ट खेलाडीको अवार्डबाट सोमबार सम्मानित गरेको छ । त्यस्तै पाल्पा जिल्ला तेक्वान्दो (आइटिएफ) संघ त्यसै वर्षको उत्कृष्ट जिल्ला संघ घोषित भयो ।
महासंघको १५औँ वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमबीच सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक एवं आइटिएफका सल्लाहकार शैलेन्द्रकुमार श्रेष्ठले खेलाडीद्वय पुकार र ममता तथा पाल्पा जिल्ला संघका अध्यक्ष निरु सारुलाई नगद ५ हजार रुपियाँसहित प्रशंसापत्र प्रदान गरे ।
ललितपुरका पुकार र पाल्पाकी ममता दुवैले सुदूरपश्चिमाञ्चलमा भएको छैटौँ राष्ट्रिय खेलकुदमा समान दुई स्वर्ण र एक रजत जितेका थिए ।
महासंघका अध्यक्ष कुमार थापाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य रामकृष्ण बानियाँ, खेलकुद विकास विभागका प्रमुख प्रकाशचन्द्र घिमिरे, नेपाल राष्ट्रिय मार्सलआर्ट महासंघका अध्यक्ष स्वयम्भूराज डंगोललगायतले महासंघलाई सफलताको शुभकामना दिँदै उत्कृष्टलाई बधाइज्ञापन गरेका थिए । (सौस)

प्रतिक्रिया