नांगै घुमाइयो

सिन्ध : पाकिस्तानको सिन्ध राज्यस्थित गम्बट सहरमा एकजना महिला र पुरुषलाई प्रहरीले निर्वस्त्र सडकमा घुमाएको सन्दर्भ चर्कंदै गइरहेको छ । यो समाचार अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चामा आएपछि जिम्मेवार प्रशासनिक पदाधिकारी र सम्बन्धित प्रहरी चौकीका प्रमुखका साथै घटनासँग सम्बन्धित दुईजना असईलाई निलम्बित गरिएको छ ।
त्यस क्षेत्रका प्रहरी प्रमुख इरफान बलुचले उक्त सम्पूर्ण मामिलाबारे गम्भीर छानबिन भइरहेको बताएका छन् । उनले भने, ‘थप प्रमाण प्राप्त हुनसके ती सबै निलम्बित अधिकारीविरुद्ध मुद्दा चलाइनेछ । अझ, प्रहरी आपैँmले त्यसरी महिला र पुरुषलाई नांगो पारेर सहरमा घुमाएकै हो भन्ने प्रमाणित भए निकै कठोर कारबाही नै पनि चलाउन सकिने सम्भावना छ ।’
त्यस क्षेत्रका प्रहरी प्रमुखको दाबी के छ भने जुन ठाउँमा प्रहरीले छापा मारेको थियो त्यो ठाउँ ‘अश्लीलताको अखडा’ थियो र स्थानीय मानिसले त्यसविरुद्ध प्रहरीमा गुनासो जाहेर गरेका थिए । बिबिसीको एक समाचारअनुसार प्रहरीको मुचुल्कामा घटनास्थलमा कोही पनि थिएन, त्यसकारण प्रहरी आपैँm आवेदक र आपैँm साक्षी बन्नुपरेको हो । तर, घटनाका पीडित पुरुष मुमताज मिर महरको आरोप के छ भने प्रहरीले उनलाई केवल ‘मासिक असुली’ रकम नटक्रयाएको हुनाले मात्रै यो सबै कारबाही गरेको हो । तर, प्रहरीले उनको आरोप अस्वीकार गरेको छ । (एजेन्सी)

प्रतिक्रिया