फेसबुक च्याटिङ— १

‘केटाहरू फेसबुकमा राम्रा केटीको फोटो देख्नेबित्तिकै के विधि कमेन्ट लेख्न भ्याउाछन् अनि च्याट गर्न पनि ।’ ‘केटाहरूले कमेन्ट लेखून्, म यति राम्री छु भनेर नै फोटो राख्छन् नि †’ ‘बदमास, फटाहा, हरामखोर ।’

‘हेलो ग्रयान्ड मदर †’
‘के रे, ग्रयान्ड मदर रे ? हिजो हाई स्विटी भनेको होइन ?’
‘कहिलेकहीँ टेस्ट फेर्न मन लाग्छ नि । ए, तरकारीको स्वाद फेरेजस्तो । हो, यु आर फ्लावर †’
‘थ्याङ्क यु ।’
‘नो नो काउलीफ्लावर ।’
‘ए… म काउलीफ्लावर भएँ, तिमी सनफ्लावर ।’
‘कसरी ?’
‘सनफ्लावरजस्तै जता केटी देख्छौ उतै फर्कन्छौ ।’
‘भैगो, भैगो यु आर सो ब्युटिफुल ।’
‘केटाहरू फेसबुकमा राम्रा केटीको फोटो देख्नेबित्तिकै के विधि कमेन्ट लेख्न भ्याउँछन् अनि च्याट गर्न पनि †’
‘केटाहरूले कमेन्ट लेखून्, म यति राम्री छु भनेर नै फोटो राख्छन् नि †’
‘बदमास, फटाहा, हरामखोर ।’ ‘कसलाई गाली गरेको ? मलाई हो ?’
‘होइन, लोडसेडिङलाई के † हेर न च्याट गर्न बस्यो कि लाइन अफ हुन्छ । अनि, अहिले नि †’
‘ल्यापटपले केहीबेर काम गर्छ नि ।’
‘ए हो, फेरि ल्यापटपले फेरि धोका दियो नभन नि । तिम्रो फोटो सारै राम्रो छ फेसबुकमा । यु आर भेरी स्विट ।’
‘तिमीले चाहिँ किन आफ्नो फोटो नराखेर लुकेको ?’
‘मलाई मेरो फोटोदेखि रिस उठ्छ †’
‘किन नि ?’
‘जहिले ऐना हेरेर इन्टरभ्युमा जान्छु नाम नै निस्कँदैन ।’
‘ओ… सो ब्याड ।’
‘यो थोपडा नै अवासी छ कति ठाउँमा इन्टरभ्यु दिइसको ।’
‘ए त्यही भएर हो कि ढाँटेको ?’
‘होइन–होइन म कहिले ढाँट्तिनँ । तिमीलाई छोएर कसम खान्छु  ।’
‘मलाई कसरी छुन्छौ ? स्क्रिनमा छुन्छौ ?’
‘हो नि, अनि तिम्रो घर कहाँ हो ?’
‘घर जहाँ भए पनि किन चाहियो ?’
‘चाहियो नि भेट्नु परेन ?’
‘ए, हो त भैगो नभेटौँ होला †’
‘किन, म पनि लोकसेवाको तयारीमा छु । तिमीलाई भेटेर फेल भएँ भने ?’
‘लोकसेवा फेल भए पनि लभसेवा पास हुन्छौ नि †’
‘भो, तिमीजस्तो जबलेससँग के लब गर्नु †’
‘साँच्चै तिमी साह्रै राम्री छौ यार, म कवि भएको भए पक्कै कविता लेख्थेँ ।’
‘भैगो, भैगो प्रशंसा नगर ।’
‘किन नि ?’
‘यो ल्यापटप पनि मसँग इष्र्या गर्छ भन्या ।’
‘कसरी ?’
‘तिमीले मेरो प्रशंसा गर्नेबित्तिकै चार्ज सकियो भन्छ ।’
‘साले बजिया हरामखोर †’
‘कसलाई गाली गरेको ?’
‘ल्यापटपलाई †’
‘ए त्यसो नभन न मेरो ल्यापटपलाई, उसले कुरा बुझ्छ ।’
‘ल्यापटपलाई पनि पढाउँछौ ?’
‘हो नि, ऊ मलाई पढाउँछ, म उसलाई पढाउँछु ।’
‘ए हो, कतिको कुरा बुझ्छ ?’
‘केटाहरूले प्रशंसा गर्नेबित्तिकै त्यहाँ कुनै स्वार्थ हुन्छ भनेर उसले थाहा पाउँछ ।’
‘ए हो, त्यसो हो भने पहिला तिम्रो ल्यापटपलाई भेटेर कुरा गर्नुपर्‍यो ।’
‘किन नि ?’
‘उसलाई अलिकति घुस नभए जुस खुवाउनुपर्ला ।’
‘यो सम्भव छ र ?’
‘छ नि ।’
‘कसरी ?’
‘तिमी मेडिटर भएर काम गरन ।’
‘अहा म केही गर्न सक्दिना ।’
‘अहिले म जान्छु है ?’
‘एकछिन बस न यार ।’
‘किन नि ?’
‘तिम्रो कन्टयाक नम्बर देउन यार ।’
‘मेरो कन्टयाक नम्बर छैन ।’
‘भैगो त भोलि यही समयमा च्याटमा बसौँ है ।’
‘किन नि ?’
‘तिम्रो रूपको प्रशंसा भर्खर सुरु भएको छ इन्डिङ गर्नु परेन ?’
‘आज नै गरन किन बाँकी राख्नु ?’
‘तिम्रो लोडसेडिङको टाइम देऊ न ।’
‘मलाई थाहा छैन क ।’
‘राम्रा केटीहरू किन यसरी भाउ खोज्छन् ? मलाई भन्न सक्छौ ?’
‘भाउ बढाउने तिमीहरू नै हौ सबैलाई ऐश्वर्य, विपासा, रेखाजस्तै चाहिन्छ ।’
‘होइन–होइन तिम्रा अरू कुरा पनि राम्रा छन् ।’
‘के राम्रो देख्यौ ?’
‘आ… के भने तिम्रो ल्यापटप पनि राम्रो छ । तिमीभन्दा पनि राम्रो छ ।’
‘ए हो ल्यापटपलाई घुस खुवाउन लाग्यौ कि क्या हो ?’
‘होइन यार, तिम्रो त्यो फेसबुकको स्टाटस पनि राम्रो छ ।’
‘भैगो–भैगो धेरै प्रशंसा नगर ।’
‘किन नि ?’
‘मैले रियल कुरा गरेँ भने तिमी तर्सन्छौ ।
‘कसरी ?’
‘भनूँ…।’
‘साँच्चै भन न ।’
‘त्यो फेसबुकको फोटो त हिन्दी फिल्मको हिरोइनको हो । मेरो होइन ।’
‘ए हो र ?’
‘हो त । म रियलमा राम्री छैनँ, मेरो रियल फोटो राख्दा कोही च्याटमा नआएको हुनाले मैले फोटो चेन्ज गरेको हुँ ।’
‘होइन होला ?’
‘पक्कै हो …†’
‘तिमीलाई पनि म रियल कुरा भनूँ मैले फोटो किन नराखेको भनेर ।’
‘भन न ।’
‘म हिरोजस्तै हयान्डसम भएर …धेरै केटीहरूले फलो गरेर हो ।’
‘ए अघि किन ढाँटेको त ?’
‘मैले एक्चुअल कुरा गर्दा तिमी नपत्याउन सक्थ्यौ नि ।’
‘ए हो त्यसो भए तिमी जबलेस पनि होइनौ ?’
‘होइन मैले ढाँटेको हुँ ।’
‘सो ब्याड… बदमास, हरामखोर …।’
‘कसलाई गाली गरेको ?’
‘यो ल्यापटपलाई यसले कुरा बुझेन भनेर ।’
‘तिमीले ल्यापटपलाई राम्रो ट्रेनिङ दिएका नै रहेनछौ †’
‘अहिले फेरि ढाँट्तै छौ कि ?’
‘होइन–होइन, ढाँटेको छैन ।’
‘भोलि च्याटमा आउँछौ ?’
‘कुन समय ?’
‘यही समय ।’
‘यो समय मेरोमा लोडसेडिङ छ ।’
भोलिपल्ट
‘हाई, हैन्डसम ।’
‘हाई स्विटी ।’
‘हिजो त च्याटमा बस्दिन भन्थ्यौ नि ?’
‘तिमी आउँछौ भन्ने थाहा नै भएन ।’
‘भैगो तिमीसँग के च्याट गर्नु ?’
‘गर न गर पैसा लाग्दैन क्यार †’
‘भो मलाई डेटिङमा जानुछ फेरि शृंगारपटार गर्नु छ ।’
‘ए हो तिमी सिँगारिएको फोटो फेसबुकमा राख है । हेरूँ तिम्रो कला †’
‘भैगो चाहन्छौ भने लाइभ नै हेर न ।’
‘त्यसो भए तिहारमा टीका लगाउन आउनुपर्ला ।’
‘स्योर मलाई कुने आपत्ति छैन, पछि फेरि नपछुताउनु नि †’
‘किन दक्षिणा बढी लिन्छौ ?’
‘आ… त्यसै भन्नु पर्‍यो नि ।’
‘मेरा दिदी–बहिनी त डिस्काउन्ट गर्छन् । तिम्रो डिस्काउन्ट रेट छैन ?’
‘म ब्रान्डेड परो नि । भैगो, भैगो तिम्रा गफमा लागेर आँखाको गाजल ओठमा लगाए भने नि †’
‘अति उत्तम त्यो फोटो चाहिँ फेसबुकमा राख्न नबिर्सनु नि ?’
‘किन रेकर्डेड खोज्छौ ? लाइभ नै हेर न †’
‘भैगो तिम्रो भाउ नै बढी छ यार, फेरि महँगो गाजल लिपिस्टिक लगाएको चार्ज लियौ भने ?’
‘भैगो तिमीलाई चाहिँ फ्री नि ।’
‘फ्री चीजको मजा नै हुन्न ।’
‘ल भैगो तिमी चार्ज तिर्न पनि कन्जुस गर्छौ, फेरि फ्रिमा पनि मन नगर्ने तिमीसँग च्याट नगर्नु नै बेस ।’
‘साँच्चै भन त त्यो तिम्रो आफ्नो फोटो होइन रे ?’
‘हो भन्या कति भन्नु, हो भने मेरो भनिहाल्थो नि ।’
‘अनि किन त्यो फोटो राखेको ?’
‘तिमीजस्तै उल्लूलाई छकाउन ।’
‘म उल्लू भए तिमी कोइलीे ।’
‘कसरी ?’
‘हुँदै नभएको फोटो राखेर फतरफतर गर्छौ ?’
‘भैगो, भैगो मेरो फोटो सम्झेर च्याट गर न ।’
‘किन उल्लु र कोइलीेको लभ परेको हेर्न मन छ ?’
‘आ छ हेरौँ त कसरी लभ हुँदो रहेछ ?’
‘आ साँच्चि तिमी कोसँग डेटिङ जानेवाला थियौ ?’
‘छ अर्को एउटा उल्लू ।’
‘आ म पनि डेटिङमा जानेवाला छु नि ।’
‘कोसँग जाादैछौ ?’
‘छ एउटी कोइली ।’
‘ए त्यसो भए उल्लु र कोइलीको लभ भयो हैन त ?’
‘आ भयो भन्नु पर्‍यो ।’
‘अनि कसले न्युज अपलोड गर्छ त ?’
‘गर्छ होला नि कागले ।’
‘भैगो तिमी सधँै रेला गर्छौ म जान्छु ।’
‘पर्ख न यार, तिमी डेटिङमा कहाँ जाँदैछौ ?’
‘अन्नपूर्णा रेस्टुरेन्ट ।’
‘ए हो म पनि त्यहीँ जाँदै छु †’
‘तिमीले गर्ल फ्रेन्डलाई देखेका छौ ?’
‘छैन ।’
‘तिमीले ब्याइफ्रेन्ड देखेका छौ ?’
‘छैन ।’
‘तिम्रो भेट कहाँ भएको ?’
‘अनलाइनमा ।’
‘तिम्रो भेट कहाँ भएको ?’
‘अनलाइनमा ।’
‘तिमी दीपा हौ ?’
‘तिमी आशिष हौ ?’
‘हा….हा.. †’
‘हा….हा…†’ .
फेसबुक न्युज– ‘काग, उल्लू र कोइलीको डेटिङ अन्नपूर्णमा’
(दाहालको भर्खरै प्रकाशित कथासंग्रह ‘फेसबुक च्याटिङ’को सम्पादित अंश ।)

प्रतिक्रिया