दोलखामा २ बालकको शव फेला

काठमाडौं, १९ साउन । दोलखाको गैरीमुदी–५ बस्ने उतिर तामाङ्गका १३ वर्षीय छोरा सोनाम तामाङ्ग सहित दुई जनाको शव फेला परेको छ भने एक बालक बेपत्ता छन् ।
सोनाम सहित सोही ठाउँ बस्ने सोमबहादुर तामाङका जुम्ल्याहा छोराद्वय १२ वर्षीय रामबहादुर तामाङ्ग र लक्ष्मण तामाङ्ग साउन १८ गते विहान १० वजे घरबाट हराई बेपत्ता थिए ।
आज विहान ६ बजे सोही ठाउँस्थित कैलेश्वरी पोखरीमा डुबी मृत्यु भएको अबस्थामा लक्ष्मण तामाङ्ग र सोनाम तामाङ्ग फेला परेको प्रहरीले जनाएको छ । रामबहादुर तामाङ्ग भने अझै बेपत्ता रहेका छन् ।
उता, सर्लाहीको घुर्कौली–५ स्थित देवीप्रसाद उप्रेतीको उखुबारीमा अन्दाजी ३० वर्षीया महिला आज मृत्त फेला परेका छन् । नाम, ठेगाना नखुलेकी उनको शव आज विहान साढे ९ बजे फेला परेको थियो ।
यसैवीच, कालीकोटको लालु गाबिस–३, दन्तमुढा खोलामा स्थानीय ३२ वर्षीय तिलकबहादुर शाही मृत्त अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया