घाइते विद्यार्थीलाई अमेरिकाबाट सहयोग

काठमाडौं, १९ साउन । अमेरिकामा रहेका कांग्रेस शुभेच्छुकहरुले घाइते दुई विद्यार्थीलाई ५७ हजार रुपियाँ सहयोग गरेका छन् ।
अमेरिकामा बस्दै आएका कांग्रेस शुभेच्छुकद्वय ईश्वरप्रसाद सापकोटा र शंखर खड्काले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम गरेर सहयोग रकम नेविसंघका पूर्व अध्यक्ष प्रदीप पौडेललाई हस्तान्तरण गरेका हुन् ।
त्रिचन्द्र क्याम्पसमा केही समय अघि अनेरास्ववियूको आक्रमणबाट नेविसंघका इकाई अध्यक्ष कृष्णप्रसाद जैसी र पुस–४ गते मशाल जुलुशका क्रममा प्रहरीको लाठीचार्जबाट नेविसंघकी पूर्व केन्द्रीय सदस्य उर्मिला थपलिया घाईते भएका थिए ।
अमेरिकाको क्यालिफोर्निया राज्यको ‘सान फ्रान्सिसको वे एरिया’मा बस्ने कांग्रेस शुभेच्छुकहरुले सहयोग जुटाएका थिए ।
त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा उपचार गराएका दुई घाइतेले पाउने गरी सहयोग रकम पौडेललाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया