संविधानसभा पुनःस्थापनाको विकल्प छैन

काठमाडौं, १९ साउन । कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले केही समयका लागि संविधानसभा व्यूताउनु पर्ने बताएका छन् । उनले संविधानसभा व्यूते पछि अन्तरिम संविधान संशोधन गरेर संविधानसभाकै निर्वाचन गर्नु बताए ।
राजधानीमा आज आयोजित साक्षात्कारमा निधिले संविधान बनाउन संविधानसभाको निर्वाचन नै सर्वोत्कृष्ट विकल्प रहेको बताए ।
हालै सिन्धुपाल्चोकमा सम्पन्न जिल्ला सभापतिहरुको भेलाले संसदीय निर्वाचनमा जान पार्टीलाई सुझाव दिएका थिए । वरिष्ठ नेता शेरबहादुर देउवा निकट मानिने नेता निधिले भेलाको सुझाव वेवास्ता गर्दै संविधानसभाको निर्वाचन माग गरेका हुन् ।
केही समयका लागि संविधानसभा ब्यूताउनु पर्ने बताएका उनले भने, ‘संविधान संशोधन गर्न संविधानसभा ब्यूताउँनै पर्छ ।’
सहमतीय सरकारको प्रधानमन्त्री वरिष्ठ नेता देउवा हुने दाबी गरेका निधिले प्रधानमन्त्रीको उम्मेदवारका विषयमा विवाद गर्नुको औचित्य नभएको बताए ।
सभापति सुशील कोइरालाले आफूहरुसँग सल्लाह नै नगरेर विभाग गठन गरेको आरोप लगाएका निधिले सभापतिको निर्णय नमान्ने चेतावनी दिए । उनले भने, ‘सभापति, देउवा र पौडेलवीच छलफल गरेर फेरि निर्णय गर्नु पर्छ ।’
देउवा समूहले विभाग गठनलाई लिएर असन्तुष्टि जनाउदै आएको छ ।

प्रतिक्रिया