गुल्मी, १९ साउन । गुल्मी जिल्लाको ठूलोलुम्पेक–२ मा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
बिहीबार रातिदेखि परेको अविरल बर्षाका कारण पहिरोले स्थानीय घनश्याम विकको घर पुरिदा परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुरिएर मृत्यु हुनेमा ३९ वर्षीय भवी विक, १३ वर्षीय उमेश विक, ११ वर्षीय मुना विक र ६ वर्षीय विपना विकको मृत्यु भएको स्थानीय नेत्र रानाले जानकारी दिए ।
घरमुली घनश्याम र १० वर्षका छोरा केशर विकको उद्धार गरिएको छ । उनीहरु घाईते अवस्थामा रहेका छन् ।
प्रतिक्रिया