सगरमाथामा हनिमुन दिल्लीमा सुहागरात

(सिंगो मञ्च राता ध्वजापतकाद्वारा सजाइएको छ । दायाँतिर वाद्यवादक बसेका छन् भने बायाँ कुनामा ‘ग्रिनरुम’ बनाइएको छ । ग्रिनरुममा कलाकार अम्रेड ‘अर्कास’, अर्कासपत्नी ‘इर्जना’, अम्रेड ‘इना’, इनापति ‘अंकर’, अम्रेड ‘अर्चन्ड’, अर्चन्डपत्नी ‘इता’ तथा सूत्रधार ‘अनोज’ बसिरहेका छन् । वाद्यवादकले संगीत सुरु गरेपछि ‘अर्कास’ गीत गाउँदै मञ्चमा प्रवेश गर्छन् ।)

अर्कास : हिजो भागेदेखि आज बल्लबल्ल भेट भो, दर्शन नमस्ते, हो… दर्शन नमस्ते †
सूत्रधार : कहाँ थियौ भन तिमी, रंगमञ्च उठेपछि आयौ, समयले इमान लुटेपछि आयौ †
अर्कास : सगरमाथामा हनिमुन, दिल्लीमें सुहागरात, मस्तमें कटरही रास्ते ।
सूत्रधार : जा जा मिलजा गले, हँस्ते हँस्ते, लाल सलाम, नमस्ते †
अर्कास : लाल सलाम सुकेर कालो भयो, आज मेरो भोगीको चाल भयो, क्यारौँ मायालु ?
सूत्रधार : किन त्यसरी विनाअर्थले माया मार्‍यौ, माइलीको दुनियाँलाई एक्लै पार्‍यौ ?
अर्कास : तिमीलाई रुवाउने मेरो धोको हैन, यस्तै पर्‍यो जिन्दगीमा, यिनलाई माया मार्न सकिनँ ।
सूत्रधार : माइली रुँदै लाजिम्पाट पाखैमा, दुधे बालक बोकेर काखैमा, भन्नुनभाको– बाबु, घरमा खबर नगरी तिमी कहाँ गाको ?
अर्कास : चिसो चिसो हावामा, त्यसै मन बरालियो, के भो त्यो डाँडाकाँडामा यो मन ‘इना’तिरै अल्झियो । झ्याँगबाट हेरेको तिनीले, अझै आउँछ झझल्को †
सूत्रधार : जसो गर जे भन जतासुकै लैजाउ कुरालाई, त्यो मन त तिम्रो बेहोसी हो ।
अर्कास : बेहोसपछि त होसमा आउँदा क्या दामी भो, यहाँ उडाउने म, उड्नेको’नि क्या बदनामी भो । (अचानक बन्दुक पड्केको आवाज आउँछ, सबैजना धुँवामा हराउँछन् † एकछिनपछि इनापति अंकर हातमा लाठो लिएर देखापर्छन् †)
अंकर : मेरो माल मलाई फर्काइदे बाबु, तेरो ज्यान जोगाउनु छ भने, जोरी नै खोज्छस् लौ भने, देख्लास् आफ्नो बाउको बिहे खुरुक्क माल दिएर जा †
इना : सरर पानी घट्टामा, म त प्यारा आउँदा नि आउँदिन– कोही खोज है मेरो सट्टामा †
(अचानक जुताको टकटक आवाजसँगै अम्रेड अर्चन्डको प्रवेश हुन्छ † अर्कास अलि पछाडि सर्छन् †)
अर्चन्ड : जेठी पहिले छोडेकै थियौ, माइली पनि खोजिदिएकै थियौँ, दुइटीले मन नमानेपछि, बाबुको बिँडो नथामेपछि, मनमा पिर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो… हा हा हा †
अर्कास : चोट के हो व्यथा के हो, मजस्तो घाइतेलाई सोध, मिलन के हो, खुसी के हो ? मसँग सोध्दै नसोध ।
सूत्रधार : मनको कुरालाई बाँधी नराख– डल्लो परिजाला, प्याट्ट फुटाइदेऊ †
अर्कास : भूल गरेछ दैवले पनि, आकासको चरालाई सुनको पिँजडामा थुनेर ।
सूत्रधार : मन त हाम्रो बरिलै हो छाडा साँढेझैँ, बाँध्नुपर्छ बरिलै दाम्लाले बाँधेझैँ ।
अर्कास : दाम्लाले बाँध्दा भएन, डोकोले छोप्दा भएन, जाँतोले पिँध्दा भएन, फुक्यो भोटे कुकुर…। (अकास्मात आफ्नी पत्नी ‘इर्जना’को प्रवेश भएकाले अर्कास कुनातिर लाग्छन्, इर्जना राताराता आँखा पार्दै गीत गाउँछिन्)
इर्जना : गर्नु गर्याै बलराम, पाडो ताकेर, दुनियाँलाई हँसाएर, आफन्तको नाकै भाँचेर  ।
अर्कास : मैले नाक छोडी आएँ, हिउँको तरेलीमा, कहाँ रोजौँ कहाँ खोजौँ कसको घडेरीमा ।
इर्जना : डाँडाभाँटा कारबाहीले, तिम्रै गीत गाउँछ, जन–अदालतले पनि तिम्लाई बोलाउँछ ।
अर्कास : त्यही भएर म हराको, त्यही भएर म हराको, त्यही भएर म हराको…। (एक्कासी चट्याङ पर्छ, अर्कासकी आमा ‘इता’ सुँकसुँकाउँदै मञ्चमा
प्रवेश गर्छिन्)
इता : पापा कहेते थे बडा नाम करेगा, बेटा हमारा बडा काम करेगा, मगर ओह तो, दाहाल हम तो– हे मेरी मुस्किल हें कहाँ ?
अर्कास : हमे उनसे प्यार कितना यह हम नही जानते, मगर जि नही सकती, दाहालके विना † (इनापति अंकर इनाको हात समाउन खोज्छन्)
अंकर : सिउँदो तिम्रो अरूकै हातबाट रंग्याऊ तर अन्तिमपल्ट भेट्न आऊ ।
इना : नाइँनाइँ फकाउनु पर्दैन, वैद्यले सुनेर के भन्लान †
अंकर : साँचो प्रीति लाएकै थिएँ, क्रान्तिकारी जोवन दिएकै थिएँ †
इना : क्रान्तिको बन्दुक बोक्ने बलिया तिम्रा पाखुरा, मायाको लन्चर उचाल्ने, अर्कासका झन् ठूला पाखुरा †
अंकर : मैले बा–आमा त्यागेर, ल्याएको मायाले धोका दिई, रूपकी त साह्रै राम्री थिई, मनकी त साह्रै कुरूप रहिछे †
इना : वैद्यपथले बिगार्‍यो तिमीलाई, प्रचण्डपथले पछ्यायो हामीलाई, लेफ्ट राइट, लेफ्ट राइट ।
अंकर : मन थिएन जोगी हुनलाई, हात हेराउँदा वैद्यबाले राम्रै हुन्छ भन्थे भन्नलाई † (इनापति मलिनो अनुहार लिएर नेपथ्यतिर लाग्छन्, त्यसैबेला उबिन गन्धर्व सारंगी बजाउँदै मञ्चमा प्रवेश गर्छन् )
उबिन : ए बाबाले सोध्लान् नि खै छोरा भन्लान् ?
अर्कास : दाम सकिए’सी आउँछ रे भन्दिऐ ।
उबिन : आमाले सोध्लिन् नि खै मोरा भन्लिन् ?
अर्कास : नातिनी ल्याउँछ रे भन्दिऐ ।
उबिन : प्रियाले सोध्लिन्’नि खै खसम भन्लिन् ?
अर्कास : कसम टुट्यो भन्दिए ।
उबिन : छोराले सोध्लान्’नि खै बाबु भन्लान् ?
अर्कास : बाउको बिहे भैगयो भन्दिऐ ।
उबिन : पार्टीले सोध्ला’नि खै कमरेड भन्ला ?
अर्कास : क्रान्ति आधा भयो भन्दिए ।
उबिन : हे, बरै †
सूत्रधार : वीरताको चिनो वीरको सन्तान, सहिदको रगत, कामरेडको निसानी, अब कसको हातले लेख्ने हो, क्रान्तिकारिताको कालो कहानी ?
अर्कास : अरू कालो रेलको धुवाँले, हामी कालो रातो–राम्रो–गुलियो मन पराउनाले ।
इना : काले भनी नगर हेलाँ, कारबाहीको पर्लाउनी फेला †
सूत्रधार : डल्ली मगर्नी हौ डल्ली मगर्नी, ख्याल क्रान्ति गरिनौँ हौ पिरिम् पर्‍यासी ।
अर्चन्ड : छोरा मलाई भागी भागी नसताऊ, कानमा आई सुटुक्क बताऊ, तिम्लाई बाबाको माया कति लाग्छ रे ?
अर्कास : एकादेशमा एउटा बाबा थियो, बाबाको एउटा छोरो थियो, छोरो साह्रै चञ्चले थियो, छोरो अति ‘मनचले’ थियो, एकदिन बाबाको नाकमा गोबर दल्यो रे…† (यति भनेर अर्कास भुइँको गोबर बाबुको अनुहारमा दलेर नेपथ्यतिर भाग्छन् † अर्चन्ड पनि उनलाई लखेट्दै पछीपछी दगुर्छन् † नेपथ्यमा उनीहरूको आवाज आइरहेको हुन्छ †)
अर्चन्ड : मेरो छोरा †
अर्कास : मेरो बाबा †
अर्चन्ड : मेरो हावा †
(पर्दा बन्द हुन्छ †)

प्रतिक्रिया