टेरेन होमियोप्याथिकले

भैरहवा : रूपन्देहीमा अनधिकृतरूपमा सञ्चालनमा रहेका होमियोप्याथिक क्लिनिकले गैरकानुनी कार्य जारी राखेका छन् । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले मापदण्डविपरीत काम गरेको भन्दै क्लिनिक बन्द गर्न निर्देशन दिए पनि निर्बाधरूपमा क्लिनिक सञ्चालनमा रहेका छन् ।
मापदण्डविपरीत बुटवलमा सञ्चालित होमियोप्याथिक क्लिनिकबारे सञ्चारमाध्यममा समाचार आएपछि प्रशासन, प्रहरी, जनस्वास्थ्यसहितको टोलीले क्लिनिकलाई बन्द गर्न निर्देशन दिएको थियो । तर पछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा होमियोप्याथिक क्लिनिक सञ्चालकसँगको छलफलमा दर्तावाल पसल सञ्चालन गर्ने सहमति गरिए तापनि दर्ता नभएका क्लिनिकसमेत सञ्चालनमा आएका हुन् ।
सिडिओ हरिकृष्ण पौडेलले निर्देशनलाई लत्याएर अनुचित फाइदा लिने कार्यमा संलग्न क्लिनिक सञ्चालकलाई कारबाही गरिने बताए । (सौस)

प्रतिक्रिया