विद्यार्थी संगठनवीचको विवाद पछि रुकुम बन्द

रुकुम, १८ साउन । रुकुमको सदरमुकाम खलङगामा रहेको मुसिकोट बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनवीच विवाद हुँदा आज जिल्ला बन्द भएको छ ।
बुधवार सत्तारुढ एकीकृत माओवादी निकट अनेरास्वविय (क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियुका विद्यार्थीवीच झडप भएको थियो ।
अनेरास्ववियुबाट आफूहरु माथि अन्याय भएको भन्दै अखिल क्रान्तिकारीले रुकुम बन्द गराएको हो । बन्दका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
गत असार–१९ गते अखिल क्रान्तिकारीले क्याम्पसमा अनियमितता भएको भन्दै १५ बुँदे माग बुझाएको थियो भने अनेरास्ववियुले पनि प्रशासनलाई अलग माग पत्र बुझाएको थियो ।
बुधबार बेलुका दुई संगठनवीच भएको झडपमा क्रान्तिकारीका तीन विद्यार्थी गम्भीर घाइते भएका थिए ।
अखिल क्रान्तिकारीले क्याम्पस सञ्चालक समितिका अध्यक्ष खेम्मान खड्का र एमाले जिल्ला कमिटी रुकुमका सचिव विमल पुनको प्रत्यक्ष निर्देशनमा आफूहरु माथि कुटपिट भएको आरोप लगाएर जिल्ला बन्द गराएको हो । सौर्य

प्रतिक्रिया