भैरहवा, १८ साउन । सशस्त्र प्रहरी बल राजश्व एवं भन्सार गस्ती डण्डा भैरहवाले चेकजाँचका क्रममा एक बालकलाई लागूऔषध सहित पक्राउ गरेको छ ।
डण्डास्थित राजश्व को चेक पोष्टमा चेकिङका क्रममा नुफ्रीन २० थान, फेनगन २० थान, डाइजोपम २० थान सहित तनहुँ जिल्ला बन्दीपुर–५, डुम्रेका १३ बर्षीय अजित सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।
सापकोटा माइक्रो बसमा चढेर सुनौलीबाट भैरहवा जाँदै थिए । उनले लागूऔषध आफ्नो शरीरमा बाँधेर गन्तब्य तर्फ लैजाँदै थिए ।
बेलहिया नाकामा किशोर अवस्थाका युवा, युवतीहरुले लागूऔषध ओसारपसारमा संलग्न रहेको पाइएको छ ।
प्रतिक्रिया