‘अल–कायदा पतनको मार्गमा’

वासिंगटन : अमेरिकाले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा चरमपन्थी संगठन अल कायदा पतनको मार्गमा उन्मुख भएको जनाइएको छ । अमेरिकी विदेश मन्त्रालयद्वारा तयार पारिएको प्रतिवेदनमा ओसामा बिन लादेनको मृत्युपछि अल कायदा निकै कमजोर भएको र पतनको मार्गमा पुगेको उल्लेख छ ।
करिब २२ वर्षदेखि लादेनले
अल कायदालाई नेतृत्व दिँदै आएका थिए ।
अमेरिकी सेनाको विशेष टोलीले गत वर्ष पाकिस्तानी सहर एबोट्टावादमा सैन्य कारबाही गरी लादेनको हत्या गरेको थियो । सो घटनालाई अमेरिकी इतिहासकै एक महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रतिवेदनले चित्रण गरेको छ । लादेनको हत्यापछि अल कायदाका दोस्रो वरीयताका नेता आतिया अब्दुल रहमानको पनि हत्या भएको थियो । यसले अल कायदालाई थप क्षति पुर्‍याएको जनाइएको छ । यद्यपि, अल कायदाबाट कुनै न कुनै रूपमा अमेरिकाको राष्ट्रिय
सुरक्षामा प्रश्न उठ्नसक्ने सम्भावना भने कायमै रहेको प्रतिवेदनमा उल्लेख छ । (सिन्ह्वा)

प्रतिक्रिया