जाजरकोट, १७ साउन । परीक्षाको मर्यादा विपरित कार्य गरेको भन्दै जाजरकोटमा तीन निरीक्षकसहित पाँच जनालाई निश्कासन गरिएको छ ।
आज बाट शुरु भएको २०६८ सालको एसएलसी पुरक परीक्षाको पहिलो दिनको अनिवार्य अंग्रेजी विषयको परीक्षाका क्रममा मर्यादा विपरित कार्य गरेकाले उनीहरु निष्कासनमा परेका हुन् ।
निमित्त जिल्ला शिक्षा अधिकारी यज्ञश्वर खत्रीका अनुसार निश्कासित हुनेहरुमा ईन्द्रज्योति मावि साल्माका तर्फबाट निरीक्षक बसेका लालबहादुर रावत, निर्मलज्योती निमावि लहँका निरीक्षक शेरबहादुर खड्का रहेका छन् ।
नोविलिष्ट बोर्डिङ स्कुलका निरीक्षक स्वेच्छा शाह, कार्यालय सहयोगीहरु अर्छानी पाँचका दीपकलाल जैसी, जनता उच्च मावि पैँकका कमला रावलपनि निष्कासनमा परेका छन् ।
उनीहरु भोलीदेखि परीक्षामा बस्न नपाउने खत्रीले जानकारी दिए । सात सय ३३ परीक्षार्थी सहभागी भएको आजको परीक्षा मर्यादितरुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । तीन परीक्षा केन्द्रमा सञ्चालन गरिएको थियो ।
परीक्षा केन्द्र भन्दा बाहिर विभिन्न स्थानहरुमा चिट चोराउने मनसायले गएकाहरुको भिड लागेको थियो । सुरक्षा व्यवस्था कडा पारिएकाले उनीहरुले प्रवेश गर्न नपाएको प्रहरी निरीक्षक नैनसिंह कार्कीले बताए ।
प्रतिक्रिया