ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

नवलपरासी, १७ साउन । नवलपरासीको गैडाकोटमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भृकुटी चोकमा ना २ ख ८६५८ नम्बरको ट्रकले आज बिहान १२ प २२०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट गैंडाकोटका योगेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर पछि गम्भीर घाईते २५ बर्षीय बिकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
बिकको मृत्यु पछि स्थानीय र आफन्तले गैंडाकोटमा केही समय पूर्व पश्चिम महेन्द्र राजमार्ग बन्द गराएका थिए ।

प्रतिक्रिया