पत्नीसँग यौन सम्बन्ध राखेको भन्दै हत्या

बारा, १६ साउन । बारा जिल्लाको सिशुवा महेशपुर–८ का लक्ष्मी सहनीले आफ्नी पत्नीसँग यौन सम्बन्ध राख्ने विनोद सहनीको हत्या गरेका छन् ।
अर्का २५ बर्षीय उमाकान्त चौधरीपनि लक्ष्मीको धारिलो हतियार प्रहारबाट घाईते भएका छन् । सिशुवा महेशपुर–८ का ४० बर्षीय विनोदलाई धारिलो हतियार प्रहार गरेर लक्ष्मीले हत्या गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते उमाकान्तको भने कलैयामा उपचार भईरहेको छ ।
पती लक्ष्मी सहनी गएराति घर आउँदा बिनोद र उमाकान्तसँग पत्नी चिन्तादेवी सहनीसँग सुतेको देखेपछि आवेगमा आएर पतीले धारिलो हतियार प्रहार गरेका थिए ।
उनीहरुका वीच विगत २/३ बर्षदेखि अनैतिक सम्बन्ध रहेको प्रहरी भनाई छ ।
पती लक्ष्मी सहनी भारतको बाबाधाम मजदुरिका लागि गएर घर फर्किएका थिए । प्रहरीले लक्ष्मी र उनकी पत्नी चिन्तादेवी सहनीलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया