मैनालीले पनि राजीनामा दिए

काठमाडौं, १६ साउन । लोकसेवा आयोगका सचिव श्यामप्रसाद मैनालीले पनि आज पदबाट राजीनामा दिएका छन् ।
सरकारले वरिष्ठता मिचेर सचिव लीलामणी पौडेललाई मुख्य सचिव बनाएको विरोधमा मैनालीले आज राजीनामा दिएका हुन् । राजीनामा दिने सचिवको संख्या मैनालीसँग चार पुगेको छ ।
आठौं वरीयताका पौडेल कायम मुकायम मुख्य सचिव बनाएको विरोधमा यसअघि निर्वाचन आयोगका सचिव शंकर कोइराला, प्रधानमन्त्री कार्यालयका त्रिलोचन उप्रेती र गृह मन्त्रालयका सुशीलजंग राणाले राजीनामा बुझाई सकेका छन् ।

प्रतिक्रिया