बिग आइकनमा उत्कृष्ट ३० छानिए

पोखरा : गायन प्रतियोगिता ‘सामसुङ ग्यालेक्सी वाई बिग आइकन २०१२’ को अडिसन पोखरामा सुरु भएको छ । अघिल्लो साताको शनिबारदेखि सुरु भएको अडिसनको पाँचौँ चरणसम्म आइपुग्दा अन्तिम ३० प्रतियोगी छनोट भएका छन् । ४६ जिल्लाका कुल ६ सय ७० जनाको आवेदन परेको थियो ।
टप ३० भित्र पर्न सफल प्रतियोगीमा जेनिता राई, कपिल पुर्जा पुन, सन्तोष दवाडी, दर्शन कुँवर, दर्शन गुरुङ, साजन राई, देवेन्द्र गुरुङ, सचिन थापा, ओम गुरुङ, शान्ति थापालगायत छन् । छनोटमा परेका ३० जना अब टप २५ को लागि भिड्नेछन् । विजेताले महिन्द्रा ड्युरो स्कुटरसहित एक लाख ५० हजार मूल्य बराबरको पुरस्कार तथा दोस्रो र तेस्रो स्थान हाासिल गर्नेले ५०/५० हजार रुपियाँ बराबरको पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी गरायो । (सौस)

प्रतिक्रिया