प्रधानमन्त्री हटाउन रिट दायर

काठमाडौं, १५ साउन । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईलाई पदमुक्त गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सहमतीय सरकार गठनका लागि मार्गप्रस्तत गर्न प्रधानमन्त्री भट्टराईका नाममा निर्देशनात्मक आदेश जारी गर्नुपर्ने रिटमा माग गरिएको छ ।
अधिबक्ताद्वय सरोजकुमार थापा र पारसमणी भट्टराईले सो रिट दायर गरहेका हुन् ।
अन्तरिम संविधानको धारा–३८ को ‘क’ अनुसार सरकार गठन गर्न आह्वान गर्न राष्ट्रपतिका नाममा निर्देशनात्मक आदेश जारी गर्नु पर्ने रिटमा जिकिर छ । सौर्य

प्रतिक्रिया