साझा पसलमा म्याद सकिएका औषधि

हेटौंडा, १५ साउन । अस्पतालमा उपचारका लागि आएका विरामीलाई म्याद सकिएको औंषधि दिएपछि हेटौंडा अस्पताल प्राङगढमा सञ्चालित साझा औंषधि पसलमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले ताला लगाएको छ ।
घाउ सुकाउने टाईमोसिन नामक म्याद सकिएको औंषधि पसलले आज विहान राजन तिमल्सिनालाई दिए पछि प्रशासनको अनुगमन टोलीले सो पसलमा तालाई लगाई दिएको हो । औषधि पसल साझा स्वास्थ्य सेवा सहकारी संस्थाले सञ्चालन गर्दै आएको छ ।
टोलीले म्याद सकिएका एक झोला औंषधि बरामद गरेर लगेको छ । म्याद सकिएका औषधि बिक्री गर्ने पसललाई कारबाही गर्ने प्रशासनले जनाएको छ । (तस्बिर गुगल)

प्रतिक्रिया