सचिव कोइरालाद्वारा राजीनामा

काठमाडौं, १५ साउन । सरकारले आफू भन्दा कनिष्ठ सचिवलाई कायम मुकायम मुख्य सचिव बनाउने निर्णय गरे लगत्तै असन्तुष्ट निर्वाचन आयोगका सचिव शंकरप्रसाद कोइरालाले पदबाट राजीनामा दिएका छन् ।
कोइरालाले आज प्रधानमन्त्रीको कार्यालयमा आफ्नो राजीनामा बुझाएका हुन् । सरकारले आठौं बरीयताका सचिव लीलामणी पौडेललाई कायम मुकायम मुख्य सचिवको जिम्मेवारी दिएपछि कोइराला असन्तुष्ट थिए ।
प्रधानमन्त्री बाबुराम भट्टराईको प्रस्तावमा मन्त्रिपरिषदले बरिष्ठताका आधारमा पहिलो स्थानमा रहेका कोइरालालाई मुख्य सचिव नबनाई आठौं नम्वरका पौडेललाई मुख्य सचिव बनाउने निर्णय गरेको थियो ।
साउन–२१ गते देखि मुख्य सचिव माधवप्रसाद घिमिरेले अनिवार्य अवकास पाएउने भएपछि सरकारले पौडेललाई कायम मुकायम मुख्य सचिवको जिम्मेवारी दिएको हो । पौडेल प्रधानमन्त्री भट्टराईका विश्वास पात्र मानिन्छन् । सौर्य

प्रतिक्रिया