फिजीमा डकैती बढ्यो

सुभा : पूर्वी हिन्दसागरमा रहेको सुन्दर टापुहरूको देश फिजीमा केही सातायता हिंसात्मक डकैतीको क्रम बढेको छ । बेरोजगार र दुव्र्यसनी युवाको जमात डकैतीमा संलग्न रहेको र टयाक्सी चालक, व्यापारी तथा हुनेखानेजस्ता देखिने सर्वसाधारण डकैतीका सिकार बन्न थालेको प्रहरीले जनाएको छ ।
फिजीको अपराध अनुसन्धान विभागका प्रमुख भाकासेगु टोडुवाडुवाका अनुसार गतसाता पाँचवटा गम्भीर डकैतीका घटना भएका छन् । डकैतीमा संलग्न रहेको आशंकामा १८ देखि २० वर्षभित्रका थुपै्र ठिटालाई गिरफ्तार गरिएको जानकारी उनले दिए । फिजीका प्रहरी आयुक्तले टयाक्सी चालक, व्यापारी तथा मोटरधनीहरूलाई सर्तक रहन र कुनै पनि शंकास्पद गतिविधिमा लागेका युवक देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् । फिजीमा प्रतिसाता तीनदेखि पाँचवटासम्म गम्भीर डकैतीका घटना हुन थालेको छ । (सिन्ह्वा)

प्रतिक्रिया