सम्भोगका बेला…


तनावरहित यौनसम्बन्धले मानिसमा सकारात्मक ऊर्जा ल्याइरहेको हुन्छ । जोडीबीच जति सकारात्मक धारणा विकास हुन्छ, सम्बन्ध उत्ति सुदृढ हुँदै जान्छ । सम्भोगका बेला महिला र पुरुष दुवैले आफ्नो पार्टनरको भावना र चाहना ख्याल गर्न सक्नुपर्छ । एकअर्काबाट कस्तो अपेक्षा भइरहेको छ भन्ने कुरा बुझ्नु जरुरी हुन्छ ।
सबैभन्दा पहिले पार्टनरको चाहना बुझ्नुहोस् । यौनसम्बन्धमा ड्रेसले पनि भूमिका खेलेको हुन्छ । पार्टनरलाई कस्ता ड्रेसअप र आसनमा रुचि छ भन्नेतिर ध्यान दिनुस् । तपाईंको आºनो मात्र जिद्दीपनाले सम्बन्ध द्विपक्षीय आनन्ददायी नहुन सक्छ ।
प्राक्क्रीडामै पनि विभिन्न तरिका अपनाउनाले तपाईंहरूलाई एउटा मनोरञ्जनपूर्ण क्रियाकलापको बाटो प्रशस्त गरिरहेको हुन्छ । तर, ध्यान दिनुस्, यी हरेक क्रियाकलापमा दुवैजना आत्मविश्वासी देखिनु आवश्यक छ । सम्भोगका आधुनिक तरिका तथा आसनको मामिलामा उदार बन्न नसकिए पार्टनरलाई चित्त नबुझ्न सक्छ । त्यसकारण स्वास्थ्यलाई ख्याल गर्दै सेक्सलाई बढीभन्दा बढी आनन्ददायी बनाउन फरकू–फरक तरिकालाई ध्यान दिनुस् । पार्टनरलाई भरपूर सहभागी हुन प्रेरित गरिरहेको हुनुपर्छ
तपाईंको हाउभाउले । पीडा तथा संकोच कम गर्दै आनन्दप्राप्तिका उपाय अपनाउनुस् ।
आफ्ना चाहना तथा सम्भोगका विधि प्रयोगबारे पार्टनरसँग पहिल्यै नै खुलस्त कुराकानी गरिएको हुनुपर्छ । आफूलाई गर्न अप्ठ्यारो लाग्ने आसनबारे पहिल्यै खुलस्त हुनुपर्छ । यौनस्वास्थ्य र सुरक्षाको विषयमा कुनै पनि सम्झौता गर्नुहुँदैन । यस्तो मामिलामा मायालु बनेर पार्टनरलाई बुझाउन सक्नु तपाईंको सबैभन्दा
ठूलो क्षमता हुन्छ ।

प्रतिक्रिया