सेयर बजारप्रति मौद्रिक नीति मौन

काठमाडौं, १४ साउन । मौद्रिक नीति ०६९/७० ले सेयर बजारको नामसमेत समावेश गरेको छैन । योभन्दा अघि मौद्रिक नीतिले कुनै न कुनै रूपमा केही मात्रामा भने पनि केही सेयर बजरालाई सम्बोधन गथ्र्यो । तर योपटक सेयर बजारलाई केन्द्रीय बैंकले कुनै स्थान नदिनु भनेको अबको दिनमा सेयरबजार राष्ट्र बंैकको नियन्त्रणभन्दा बाहिर गएको हो कि भन्ने देखिएको छ ।

केही समयदेखि केन्द्रीय बैंकले सेयर कर्जामा क्रमश: लचकता देखाउँदै आएको छ । पाँच वर्षअघिसम्म बंैक तथा वित्तीय संस्थाले सेयर कर्जामा ९० प्रतिशतसम्म लगानी गर्दथे । त्यतिखेर राष्ट्र बंैकले ५० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने नीति ल्याएपछि बजार घट्ने क्रम सुरु भएको हो । आव ०६७/६८ को अन्त्यमा आएर केन्द्रीय बैंकले सेयर धितो कर्जामा लिंदै आएको नीतिलाई खुकुलो पार्‍यो ।
सेयर धितोमा लागइएको बन्देज हटेपछि बैंक तथा वित्तीय संस्था आफैंले स्वविवेकीय अधिकार प्रयोग गरी ऋण प्रवाह गर्ने गरेका छन् । यो भनेको सेयर कर्जामा सीमा छैन भन्नु हो । यसतर्फ पनि मौद्रिक नीति मौन बसेको छ । यसैबीच राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य र विकास बैंकले जम्मा गर्नुपर्ने अनिवार्य नगद अनुपात (सिआरआर) को सीमा बढाएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकका लागि सिआआर ६ प्रतिशत पुर्‍याएको छ । योभन्दा अघि यो पाँच प्रतिशत थियो । विकास बैंकललाई भने साढे पाँच प्रतिशत कायम गरेको छ । एक प्रतिशत सिआरआर बढ्दा बैंकले थप १० अर्ब रुपियाँ राष्ट्र बंैकमा जम्मा गर्नुपर्ने हुन्छ । यो रकममा बैंकहरूले ब्याज पाउँदैनन् । यसले पनि लगानी घटाउँछ ।
सिआरआर बढेपछि वित्तीय संस्थाको लगानी घट्छ । अहिले बैंकिङ क्षेत्रमा तरलता अवस्था केही सुधार देखिएको छ । त्यस्ता संस्थाले लगानी गर्न सकिरहेका छैनन् । सोही कारण पनि केन्द्रीय बैंकले सिआआर बढाएको हुनसक्छ । अघिल्लो वर्ष तरलता अभाव भएको भन्दै केन्द्रीय बैंकले सिआरआर घटाएको थियो ।
सिआरआर बढ्ने बित्तिकै लगानी कम हन्छ । सोही कारण बैंकले कर्जामा प्रवाह गर्ने ऋणको ब्याजदर घटाउन सक्दैन । अहिलेको कर्जामा लिने ब्याजदर बढी छ । यसले अन्तत: सेयर बजारलाई नकारात्मक प्रभाव पार्छ । त्यसैले अहिलेको मौद्रिक नीति सेयर बजारका लागि नकारात्मक रहेको देखिन्छ । मौद्रिक नीतिले अधिक तरलताको स्थितिलाई ध्यानमा राखी विपन्न वर्ग कर्जाअन्तर्गत वाणिज्य बैंकले ४ प्रतिशत, विकास बैंकले साढे ३ प्रतिशत र फाइनान्स कम्पनीले ३ प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था गरिएको छ । बिपन्न वर्गलाई सहुलियत दिने राष्ट्र बंैकको नीतिले वित्तीय संस्थासँग केही मात्रामा भए पनि लागनी कम हुन गई ऋणको ब्याजदर बढाउन सहयोग गर्छ । यो पनि सेयर बजारका लागि निराशाजनक पक्ष हो ।
यस्तो अवस्थामा राष्ट्र बंैकले जारी गरेको पछिल्लो मुलुकको वर्तमान अवस्था नामक प्रतिवेदनमा शोधनान्तर बचत लक्ष्यभन्दा धेरै माथि एक खर्ब १३ अर्ब २२ करोड पुगेको देखाइएको छ । नेपालको वित्तीय इतिहासमा यो अहिलेसम्मकै उच्च शोधनान्तर बचत हो । शोधनान्तर बचत बढ्नु भनेको सरकारको खातामा निष्क्रिय रकम बढ्नु हो । यसले विकास खर्च हुन नसकेको देखाउँछ भने मुलुकमा लगानीको वातावरण छैन भनेर पुष्टि गर्छ । यस्तो अवस्थामा सेयरमा सुधार आउनसक्ने अवस्था खासै देखिंदैन ।
लामो समयदेखि सरकारप्रति विश्वासको वातावरण बन्न सकेको छैन । नेप्से घट्नुको प्रमुख कारण अहिलेको सरकार पनि हो । कामलचाउ सरकारलाई विश्वास गर्नसक्ने आधार नभएकाले पनि लगानीकर्ताका मनोबल खस्किरहेको छ । सेयर बजारमा सुधार आउन नसक्नुमा सरकारले लगानीको सुरक्षा प्रदान गर्न नसक्नु मुख्य कारकका रूपमा रहेको छ । लगानीकर्ताले अहिलेको सरकारलाई विश्वास गरिरहेको अवस्था छैन । उद्योगधन्दा चलाउन नसक्नेले सेयरमा लगानी गर्ने हो । यस्तो अवस्थामा पुँजीको सुरक्षा गर्ने जिम्मेवारी सरकारले लिनुपर्नेमा उल्टो सरकारबाटै पुँजीपति असुरक्षित भइरहेकाले पनि बजार बढी नै मात्रामा निराशावादी बनिहेको छ ।

नेप्से तीन अंकले घट्यो

काठमाडौं : गत साताको नेप्से परिसूचक पहिलो दिनका तुलनामा ३ दशमलव २० अंकले ह्रास भई अन्तिम दिन चार सय १ दशमलव ५५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनका तुलनामा शून्य दशमलव ७३ अंकले ह्रास भई एक सय २ दशमलव शून्य ८ अंकमा झरेको छ । नेपाल स्टक एक्सचेन्जमा यो साता एक सय १३ कम्पनीको कारोबार भएको छ । जसमा सात हजार पाँच सय पाँच कारोबारबाट ४६ करोड ७० हजार रुपियाँ बराबरका १४ लाख ५४ हजार ६ सय ७१ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
गत साता एक सय २६ कम्पनीको कारोबार भएको छ । जसमा पाँच हजार पाँच सय ८४ कारोबारबाट ३६ करोड ९९ लाख १८ हजार रुपियाँ बराबरका १५ लाख २३ हजार दुई सय २४ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकममा गत साताका तुलनामा २४ दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र ३४ करोड ६२ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कुल कारोबारको ७५ दशमलव १५ प्रतिशत हो । यो साता कारोबार रकम नौ करोड २० लाख रुपियाँको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर तीन लाख २७ हजार ६ सय १५ कित्ताको आधारमा किस्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्याको आधारमा जनता बैंक नेपाल अग्रस्थानमा रहेको छ । साताको उत्कृष्ठ पाँच कम्पनीमा एभरेस्ट बंैक, चिलिमे हाइड्रो पावर कम्पनी, किस्ट बैंक र नबिल बंैक रहेका छन् । यससाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोवार भएन ।

प्रतिक्रिया