आकस्मिक रगत संकलन

काठमाडौं : काठमाडौंमा रगत अभाव भएपछि केन्द्रीय रक्त सञ्चार संघ नेपालले थानकोटबाट आकस्मिक रगत संकलन गरेको छ । महासंघले थानकोटको बस स्टेसन ल्याहापपत्र र सिलाफल कर्नरको सहयोगमा शुक्रबार रक्त संकलन गरेको हो ।
काठमाडौंका अस्पतालमा दिनदिनै रगतको अभाव बढ्दै गएपछि डाक्टरसहितको टोली रगत संकलनका लागि थानकोट पुगेको स्थानीय जितनारायण गोपालीले बताए । इन्टरनेसनल ब्लड डोनेसन डे १०१२को अवसर पारी डाक्टरसहितको टोली रगत संकलनका लागि थानकोट पुगेको थियो । सो टोलीलाई थानकोटका ६५ जनाले रगत दान गरेका थिए । (सुष्मा कुँवर/प्रशिक्षार्थी)

प्रतिक्रिया