राष्ट्रपति र प्रधानमन्त्रीवीच भेटबार्ता

काठमाडौं, १२ साउन । राष्ट्रपति डा.रामवरण यादवसँग कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले भेटबार्ता गरेका छन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा मुलुकको पछिल्लो समसायिक अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचन, दलहरु वीचको समबन्धलगायतमा पनि छलफल भएको थियो ।
सहमति र सहकार्यमा जोड दिएका राष्ट्रपति डा.यादवले छिटो राजनीतिक सहमति जुटाउन पनि प्रधानमन्त्री भट्टराईलाई सुझाव दिएको बुझिएको छ ।

प्रतिक्रिया