पाँच श्रीमतीद्वारा बलात्कृत श्रीमान् मारिए

लन्डन : श्रीमतीद्वारा श्रीमान् बलात्कृत भएको सुन्नुभयो भने तपाईंलाई आश्चर्य लाग्न सक्छ । झन् पाँचजना श्रीमतीले श्रीमान्को सामूहिक बलात्कार गरेको सुन्दा पत्यारै नलाग्न सक्छ । नाइजेरियामा यस्तै अपत्यारिलो घटना घटेको छ । त्यहाँका एक व्यापारी पाँचजना श्रीमतीको सामूहिक बलात्कारको शिकार भएका छन् । बलात्कारकै क्रममा उनको प्राणपखेरु उडेको छ ।
छैटौँ श्रीमतीलाई प्राथमिकता दिएको भन्दै आक्रोशित बनेका अन्य पाँच श्रीमतीले श्रीमान्को बलात्कार र हत्या गरेका हुन् । नाइजेरियाको अग्बादिबो निवासी युरोको ओनोजा नाम गरेका व्यापारी यसरी मारिएका हुन् । कान्छी श्रीमतीसँग सम्भोग गरिरहेको बेला बाँकी श्रीमतीद्वारा उनी मारिएका गरेका हुन् । ‘कान्छी श्रीमतीसँग उनी सम्भोग गरिरहेका थिए । त्यतिकैमा बाँकी श्रीमती कोठाभित्र प्रवेश गरे र ‘हामीलाई पनि सन्तुष्टि दे’ भन्दै श्रीमान्माथि छुरी र लाठी बर्साउन थाले,’ नाइजेरिया पोस्टमा प्रकाशित समाचारमा भनिएको छ ।
श्रीमतीहरू आक्रमणमा उत्रिएपछि भयभीत बनेका ओनोजाले सबै श्रीमतीसँग सम्भोग गर्ने प्रयत्न गरेका थिए । ‘चारजना श्रीमतीसँग हतारहतार सम्भोग गर्न उनले भ्याए । तर, बिचरा एउटा ज्यानले कतिजनाको तिर्खा मेटाउन सक्थ्यो र ? पाँचौँ श्रीमतीसँग सम्भोग गर्न लम्किँदै गर्दा उनको प्राणपखेरु उड्यो,’ बेलायती पत्रिका नाइजेरियाको डेली पोस्टलाई उद्धृत गर्दै बेलायतबाट प्रकाशित पत्रिका ‘डेली मेल’ले लेखेको छ ।
घटनापछि दुई श्रीमतीलाई पक्राउ गरिएको छ । उक्त रात ती व्यापारी बारबाट बिहान तीन बजेतिर घर फर्किएका थिए । घर पुगेका उनी सिधै कान्छी श्रीमतीको शयन कक्षमा पुगेका थिए । उनी घर पुग्नुअगावै पाँच श्रीमतीले श्रीमान्लाई ‘ठेगान’ लगाउने षड्यन्त्र गरिसकेका थिए । श्रीमान्को मृत्यु भएपछि पाँचैजना जंगलतर्फ भागेको कान्छी श्रीमतीले जानकारी दिइन् । (एजेन्सी)

प्रतिक्रिया