अटेरी सेन्ट मेरिज !

काठमाडौं : सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्को अनुगमन टोलीलाई विद्यालय प्रवेशमा रोक लगाएका विषयमा सोधिएको स्पष्टीकरणको बेवास्ता गरेको छ । स्पष्टीकरण दिन प्रिन्सिपललाई बोलाए पनि सेन्ट मेरिजका कर्मचारी परिषद् कार्यालय पुगेका थिए । सेन्ट मेरिजकी प्रिन्सिपल मार्लिन सिजेले दुईजना कर्मचारीलाई कार्यदलको बैठकमा पठाएकी थिइन् । उच्च माध्यमिक विद्यालय अध्ययन, अनुसन्धान र अनुगमन कार्यदलले २४ घन्टाभित्र स्पष्टीकरण दिन सेन्ट मेरिजलाई निर्देशन दिएको छ ।
कार्यदल सदस्यसमेत रहेका अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले लिखित स्पष्टीकरणसहित प्रिन्सिपललाई २४ घन्टे अल्टिमेटम दिइएको बताए । ‘अब पनि आनाकानी गरे कारबाही हुन्छ,’ उनले भने । (सौस)

प्रतिक्रिया