काठमाडौं, ११ साउन । पूर्व सभामुख समेत रहेका कांग्रेस उप–सभापति रामचन्द्र पौडेलले राज्यले उपलब्ध गराएको सुविधा फिर्ता गरेको जनाएका छन् ।
सरकारले विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउने सुविधा अन्तर्गत लिएको सवारी साधन आज फिर्ता गरहेका हुन् ।
कामचलाउ सरकारले अध्यादेशमार्फत विशिष्ट व्यक्तिहरुलाई उपलब्ध गराएको सुविधाको आलोचना हुन थालेपछि पौडेलले सुविधाको सरकारी साधन संसद सचिवलायमा फिर्ता पठाएका हुन् ।
उनले पूर्व सभामुखका रुपमा पाएको सुविधा फिर्ता गरहेको जनाएका छन् । सवारी साधन बाहेक अन्य सुविधा नलिएको पौडेलका निजी सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया