काठमाडौं, ११ साउन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्टिूय प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनलाई राज्यको स्वायत्त सञ्चारमाध्यमका रूपमा रूपान्तरण गर्न सरकारले गृहकार्य थालिसकेको बताएका छन् । एसिया(प्रशान्त प्रसारण विकास संस्था (एआइडिबी)को एघारौू महासभाको बुधबार राजधानीमा उद्घाटन गर्दै उनले नेपालका यी सार्वजनिक प्रसारण संस्थालाई राज्यका स्वायत्त माध्यममा रूपान्तरण गर्ने प्रयासमा एआइडिबी गतिलो साझेदार बन्न सक्ने उल्लेख गरे ।
परम्परागत प्रसारण पद्धतिमा परिवर्तन ल्याउने एआइडिबीको लक्ष्यलाई साकार पार्न उपयुक्त नीति तथा स्रोतको विकास अपरिहार्य भएको प्रधानमन्त्रीले बताए । ‘यस निम्ति एआइडिबीलाई बौद्धिक तथा प्राविधिक स्रोत परिचालन गर्न म एआइडिबीलाई आग्रह गर्छु,’ संयुक्त राष्टूसंघ र एसिया(प्रशान्त क्षेत्रका २६ मुलुकका ४७ भन्दा बढी प्रतिनिधिलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने ।
सूचना तथा सञ्चार उद्योग एवं विद्युतीय सञ्चारमाध्यमलाई नवीनतम बनाउन एआइडिबीले थालेको प्रयासको प्रशंसा गर्दै उनले गरिबी निवारण, एचआइभी/एड्स, सांस्कृतिक विविधता, सुशासन, जातीय तथा सांस्कृतिक द्वन्द्व, महिला सशक्तीकरण तथा पिछडिएका वर्गको उत्थानका लागि सूचना तथा सञ्चार प्रविधिको उपयोग नेपालजस्ता मुलुकका निम्ति सान्दर्भिक भएको उल्लेख गरे ।
सञ्चार क्षेत्रको भौतिक तथा व्यावसायिक विकासका लागि सहयोग गर्न सरकार सदैव तत्पर रहेको बताउूदै प्रधानमन्त्रीले अहिलेको कठिन राजनीतिक अवस्थामा पनि सूचना तथा सञ्चार क्षेत्रका विद्यमान स्रोतलाई अझ परिष्कृत गर्न इच्छुक रहेको जानकारी दिए । संविधान जारी नै नगरी संविधानसभाको अवसान भएकामा नेपाली जनताका आकांक्षामा तुषारापात भएको तथा राजनीतिक दलबीचको मतभिन्नताबाट उनीहरू आहत भएको भन्दै प्रधानमन्त्री डा. भट्टराईले राजनीतिक दलबीच विद्यमान मतभेद अन्त्यका लागि सहमतिको प्रयासका लागि वर्तमान सरकार लागिपरेको बताए ।
आगामी मंसिर ७ का लागि आमनिर्वाचन घोषणा गरिएको जानकारी दिूदै उनले त्यसबाटै बाटो बिराएको राजनीति ठीक ठाउूमा आउने र त्यसैले अहिलेको अनिश्चिततालाई संवैधानिक रूपमा निकास दिने दाबी गरे । त्यस अवसरमा पाकिस्तान बोर्डकास्टिङ कर्पोरेसनका महानिर्देशक मुर्तजा सोलङ्गी, नेपाल टेलिभिजनका महाप्रबन्धक गम्भीरकान्त मैनाली र रेडियो नेपालका कार्यकारी निर्देशक तपनाथ शुक्लले प्रसारण पत्रकारिताका विविध आयामबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया