सबैभन्दा बढी मन पर्ने गीत ?
राजेशपायल राई र अन्जु पन्तले गाउनुभएको सागरसरि चोखो माया ।
तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली ?
साला † कस्तो इडियट †
एक दिनका लागि रूप परिवर्तन गर्न पाए ?
माछा बन्थेँ । म वास्तविकतामा पनि चञ्चले स्वभावकी छु । माछा हुन पाए जतिसक्दो नाचिरहन्थेँ ।
चुरोट सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्रिए ?
आफ्नो गल्ती महसुस गर्थें । त्यसपछि कहिल्यै चुरोट खान्नथेँ ।
जस्टिन बिबरले प्रेमप्रस्ताव राखे ?
पहिले धन्यवाद दिन्थेँ । अनि, तिम्रो र मेरो प्रेम गर्ने उमेरै भएको छैन भनी सम्झाउँथे ।
दस वर्षसम्म पनि उनले प्रस्ताव राख्न छोडेनन् भने ?
त्यसपछि चाहिँ सिधै ओके । त्यत्तिको मरिहत्ते गर्ने मान्छे त अर्को जुनीमा पाइँदैन नि ।
तपाईंहरूबीच विवाह हुन लाग्दा उनकी प्रेमिका सेलेना गोमेज रुँदै आइन् भने ?
दुवैको चाहना बुझ्थेँ । हुनेसम्म जस्टिनको बिहे सेलेनासँगै गराउने कोसिस गर्थें । म कसैको दु:ख हेर्न सक्दिनँ ।
कुनै भव्य सभामा सबैले देख्ने गरी तपाईंको कपालबाट जुम्रा कुममा झर्यो भने ?
के गर्नु मुसुक्क हाँस्थेँ अनि जुम्रा टिपेर फाल्थेँ । योभन्दा राम्रो उपाय त्यस्तो बेला अरू के आउला र ?
केसँग टच भयो भने यौन अनुभूति प्रकट हुन्छ ?
मुभी हेर्दा कुनै–कुनै दृश्यले यौन अनुभूति जगाउँछन् ।
रियल लाइफमा कुनै युवकलाई चुम्बन गर्नुभएको छ ?
छैन । तर, सपनामा चाहिँ अक्षयकुमारसँग चुम्बन नभएको होइन ।
उसो भए स्वप्नदोषमा पनि पर्नुभएको छ ?
किन नपर्नु ? स्वप्न दोषमा अक्षयसँग चुम्बनपछि सेक्स पनि हुन्थ्यो ।
प्रतिक्रिया