आठ विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

काठमाडौं, ९ साउन । नेविसंघ, अनेरास्ववियुलगायत आठ विद्यार्थी संगठनले कामचलाउ सरकारका गलगत कार्य र शैक्षिक माग राखेर संघर्षका विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् ।
काठमाडौंमा आज बसेको आठ विद्यार्थी संगठनको बैठकले साउन एघार गते देखि १५ गते सम्मका लागि संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो । उनीहरुले विद्यार्थी आन्दोलनलाई मर्यादित र व्यवस्थित बनाउने निर्णय पनि गरेका छन् ।
पेट्रोलियम पदार्थमा राहत, शिक्षा शुल्क घटाउनुपर्ने, विदेशी नाममका उच्च माविको नाम परिवर्तन, विभिन्न समयमा भएका सहमतिको कार्यान्वयनलगायतका मागलाई संयुक्त रुपमा अघि बढाउने निर्णय गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार साउन ११ गते उच्च माध्यामिक शिक्षा परिषद र सिटिइभिटीमा धर्ना दिने कार्यक्रम रहेको छ । १२ गते शिक्षा मन्त्रालय घेराउ एवं माग पुरा नभए १५ पुनः संघर्षका कार्यक्रम सार्वजनिक गरिने छ ।
आठ विद्यार्थी संगठनको बैठकमा नेकपा–माओवादी निकट अखिल क्रान्तिकारी सहभागी भएपनि सत्तारुढ एमाओवादी निकट अखिल क्रान्तिकारी भने अनुपस्थित रहेको थियो ।

प्रतिक्रिया