झाडापखालाबाट वृद्धको मृत्यु

जाजरकोट, ९ साउन । झाडापखालाका कारण जाजरकोटमा एक वृद्धको मृत्यु भएको छ ।
उपचार गर्नुको साटो झारफुक गरेपछि झाडापखालाबाट सदरमुका खलंगा–६, रिसाङ का ७३ बर्षीय डिलाराम खड्काको मृत्यु भएको हो ।
झाडाबान्ता हुन थालेपछि आफन्तले धामीझाँक्री बोलाएर झारफुक गर्न लागेका कारण खड्काको मृत्यु भएको स्थानीय विर्ख कार्कीले जानकारी दिए ।
सदरमुकाम नजिकै भएपनि समयमा उपचार नपाउँदा उनको अकालमा ज्यान गएको हो । वर्षा शुरु भएसँगै जिल्लाका विभिन्न भागमा झाडापखालाका विरामी देखा पर्न थालेका छन् ।

प्रतिक्रिया