आज नागपञ्जमी मनाईदै

काठमाडौं, ९ साउन । हिन्दूधर्मालम्वीहरुले आज मुलुक भरी नागको पूजा गरी नागपञ्चमी मनाउदै छन् ।
आ–आफ्ना घरको मूल ढोका माथि नागको चित्र टाँसेर पूजा गरी यो पर्व मनाईन्छ । प्रत्यक वर्ष साउन शुक्लपक्षमा यो पर्व मनाउने परम्परा छ ।
यस दिन घरको ढोका माथि वा तोरणमा नागको चित्रलाई त्यसको चारै कुनामा गोबर टाँसी त्यसमा सिंगो सुपारी, रायोको गेडा, दुबो र गाईको दूध समेत चढाई विधिपूर्वक पूजा गरेमा नाग र गरुडाको भय हुँदैन भन्ने मान्यता छ ।
खास गरेर शंखपाल, महाकृष्णो, नन्दोपनन्द, कर्कोटक, पद्दम वासुकी, कुलिक र अनन्त नागराको पूजा गरिन्छ ।

प्रतिक्रिया