६ युवा कतारमा अलपत्र

दोहा, कतार । बैदेशिक रोजगारीका लागि दोहाको कतार आएका पाँच युवाहरुले पूर्व सहमति अनुसार काम र तलब नपाएपछि चार महिना पछि नेपाल फर्कन माग गर्दै नियोगको शरणमा पुगेका छन् ।
नियोगमा गुनासो गर्न आउनेमा चितवन भण्डार–१ का ३१ बर्षीय सोमबहादुर गोले तामाङ्ग, धरान–३, सुनसरीका २० वर्षीय गौरव भुजेल र विकास भुजेल, सान्ने–१, धनकुटाका २० वर्षीय देवेन्द्र मगर र सान्ने–१ कै २१ बर्षीय चुडामणी न्यौपाने रहेका छन् ।
पाँचैजना युवालाई काठमाडौंको हात्तिसारस्थित रिगल ओभरसिजले ४ महिना अघि कतार पठाएको थियो ।
म्यानपावर एजेन्टले कतारी रियाल १ हजार २ सय तवल र दुई सय खानका लागि अलग दिने भनेर पठाएको पीडितहरुले बताए ।
सो म्यानपावरले उनीहरुसँग प्रतिब्यक्ति ७३ हजार देखि ७५ हजारसम्म रकम असुलेको छ ।
त्यसैगरी, गोंगुवा–९, काठमाडौंका रविन भण्डारीपनि नियोगकै शरणमा आएका छन् । उनी पनि सहमति अनुसारको काम र तलव नपाए पछि उजुरी गर्न पुगेका हुन् ।
उनलाई पुरानो बानेश्वरस्थित ओशो रिक्रुटिङग एजेन्सीका रोहित भन्ने एजेन्टले ७० हजार लिएर पठाएका हुन् ।

प्रतिक्रिया