स्वास्थ्यका आठ विधामा अवार्ड वितरण

काठमाडौं, ८ साउन । स्वास्थ्य खबर पत्रिकाले आफ्नो दोस्रो वार्षिक उत्सवका अवसरमा हेल्थ अवार्ड–२०६९ बितरण गरेको छ ।
सो पत्रिकाका प्रधान सम्पादक अनिल न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार स्वास्थ्यका विभिन्न प्रमुख आठ विधा अन्र्तगत उत्कृष्ठलाई पुरुस्कार प्रदान गरिएको छ । आइतबार बेलुका राजधानीमा भएको कार्यक्रममा स्वास्थ्य मन्त्री राजेन्द्र महतोले पुरुस्कार प्रदान गरेका हुन् ।
चिकित्सकमा डा.लेखराज सुवेदी प्युठान, उत्कृष्ट मेडिकल कलेजतर्फ/प्रतिष्ठान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, उत्कृष्ट औषधि उद्योग देउराली जनता फर्मास्युटिकल्स प्रा.ली., उत्कृष्ट महिला स्वास्थ्य स्वयमं सेविका चन्द्रकलादेवी पासवान महोत्तरीले पुरुस्कार पाएको जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसै गरी उत्कृष्ट पारामेडिकमा यशोदा ओझा अनमी डोटी, उत्कृष्ट अस्पतालमा यूनाइटेड मिसन अस्पताल पाल्पा, उत्कृष्ट मेडिकल इन्टरप्रुनरमा प्रभुराज वैद्य यतीकेम डिष्ट्रिव्युटरलाई प्रदान गरिएको छ । उत्कृष्ट स्वास्थ्य पत्रकारमा भने दीपक दाहाललाई पुरुस्कार प्रदान गरिएको छ ।
अवार्ड कार्यक्रम अघिल्लो वर्षदेखि सुरू गरिएको थियो । गत वर्ष उत्कष्ठ चिकित्सक डा.शंकर राईले पाएका थिए ।

प्रतिक्रिया