काठमाडौं, ८ साउन । समानुपातिक रुपमा विज्ञापन वितरण गर्नुपर्ने माग गर्दै नेपाली छापा माध्यम राष्ट्रिय सञ्जाल सप्तरीले आज जिल्ला बन कार्यालयमा धर्ना दिएको छ ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गतको विज्ञापन बन कार्यालयले समानुपातिक रुपमा वितरण नगरे पछि विरोधमा धर्ना बसेको सञ्जालका अध्यक्ष हेमशंकर सिंहले जानकारी दिए । उनले भने, ‘जिल्ला बन कार्यालयका अधिकृत र कर्मचारीहरु मिलेर पत्रपत्रिकालाई आएको विज्ञापनको रकम बाँडिचुडी खाने गरेका छन् ।’
स्थानीय स्तरबाट निस्कने पत्रपत्रिका र एफ.एम. रेडियोलाई विज्ञापन समानुपातिक रुपमा उपलब्ध नगराउदा सम्म धर्ना, घेराउलगायतका कार्यक्रम गर्ने सिंहले बताए ।
प्रतिक्रिया