साउन–२५ मा नयाँ पार्टी घोषणाः लेखी

दाङ, ७ साउन । आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले साउन–२५ गते जनजाति नेताहरु सम्मिलित छुट्टै राजनीतिक पार्टी घोषणा गर्ने बताएका छन् ।
थारु पत्रकार संघले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा लेखीले विश्व आदिवासी जनजाति दिवसका दिन नयाँ पार्टी घोषणा गर्ने बताए । उनले भने, ‘हाम्रो पार्टी प्रमुख तीन राजनीतिक दलको विकल्पमा बन्छ ।’
प्रमुख तीन दलले संविधानसभा विघटन गरेर आफूलाई असफल प्रमाणित गरिसकेको आरोप लगाएका लेखीले तीन दलको विकल्पमा मुलुकलाई नयाँ पार्टी आवश्यक रहेको बताए ।
मंसिर–७ गतेको नयाँ निर्वाचन भए प्रतिष्पर्धा गर्ने लेखीले जनाए ।
एमालेले जनजाति नेताहरुलाई जिम्मेवारीवाट मुक्त गरेको प्रति खुशी रहेको जनाएका लेखीले जनजाति नेताहरु प्रमुख तीन दलमा वस्न नसुहाउने बताए । ‘कांग्रेस, एमाओवादीवाट पनि जनजाति नेताहरु अलग हुनुपर्छ,’ उनले भने, ‘जनजाति नतोहरु अन्य पार्टीमा जानु पर्छ ।’

प्रतिक्रिया