एचआइभी संक्रमित कैदीको मृत्यु

बर्दिवास, ६ साउन । महोत्तरी कारागरामा सजाय भोगीरहेका एचआइभी संक्रमित कैदी बन्दी उदयचन्द्र शर्माको उपचारका क्रममा आज काठमाडौंमा मृत्यु भएको छ ।
क्षयरोग समेत लागेका शर्माको उपचारका क्रममा मृत्यु भएको हो । पछिल्लोपटक रोगले गलाएर कमजोर शर्मालाई १५ दिन देखि काठमाडौंमा उपचार गरिदै आईएको थियो ।
महोत्तरी जिल्लाको भ्रमरपुरा—५ का ५० वर्षीय शर्मा जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा दुई वर्षदेखि कारागारमा थिए ।
आठ वर्षअघि काम गर्न भारतको मुम्बई पुगेका बेला असुरक्षित यौन सम्पर्कले एचआइभी संक्रमित भएका उनलाई जिल्ला प्रशासन धनुषाले हातहतियार खरखजाना मुद्दामा सजाय तोकेको थियो । उनी ६० हजार जरिवाना बुझाउन नसक्दा दुई वर्षदेखि कारागारमा रहँदैआएका थिए ।
शर्माकी पत्नीको सात वर्षपहिले नै मृत्यु भइसकेको थियो । उनका छोराछोरी भने भारतमा काम गरेर बस्दै आएका छन् ।

प्रतिक्रिया