संविधानसभा पुनःस्थापनाको औचित्य छैन

काठमाडौं, ६ साउन । एमाले नेता केपी ओलीले विघटन भईसकेको संविधानसभा पुनःस्थापनाको कुनै औचित्य नरहेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले सहमति गरेर संसदीय निर्वाचनमा जाने तर्फ पहल गर्नुपर्ने बताए । एमालेको विचार र उद्देश्यलाई कसैले पराजित गर्न नसक्ने उल्लेख गरेका ओलीले भने, ‘अब संविधानसभाको पुनःस्थापना गर्नुको कुनै औचित्य छैन ।’
देशमा उत्पन्न राजनीतिक र संवैधानिक रिक्तताको अन्त्य गर्न सबै दलहरु वीच सहमति हुन जरुरी रहेको बताएका छन् ।
उनले देशलाई निकास दिन सहमति कायम गरी अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे ।
‘अलोकतान्त्रिक बाटोबाट लोकतन्त्रको स्थापना हुन सक्दैन,’ नेता ओलीले भने, ‘सरकारले आगामी मंसिर–७ गते गर्ने भनेको निर्वाचन अहिलेकै अवस्थामा हुँदैन ।’

प्रतिक्रिया