छोरी जन्माएपछि फिल्मी दुनियाँबाट केही समयका लागि विश्राम लिएकी बलिउड अभिनेत्री लारा दत्त अभिनयमा पुन: फर्किने भएकी छन् । सारिया नाम गरेकी छोरीलाई यस वर्षको आरम्भमा जन्म दिएपछि उनले विश्राम लिएकी थिइन् ।
निर्माणाधीन फिल्म ‘डेभिड’ बाट उनी बलिउडमा पुन: फर्किन लागेकी हुन् । हिन्दी र तमिल दुवै भाषामा फिल्म बन्नेछ । ‘डेभिड’ को छायांकन आरम्भ भएको र यसमा लाराले समेत काम सुरु गरेको बताइन्छ । ‘डेभिड’ ग्याङस्टर–कमेडी फिल्म हो । लारासँग फिल्ममा निल नितिन मुकेश, विनय विर्मानी र इसा सर्वानीले अभिनय गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया