विपाशा ‘आउट’

बलिउड अभिनेता जोन अब्राहम र अभिनेत्री विपाशा बसुबीच नौ वर्ष लामो सम्बन्ध टुटेको छ । विपाशालाई बिर्सिएर जोनले अर्कै केटीसँग विवाह गर्ने घोषणा गरिसकेका छन् । तर, विपाशालाई छोडेर मात्र जोनलाई पुगेको रहेनछ । उनी आफ्नी पूर्वप्रेमिकाको ‘करिअर’ ध्वस्त पार्न लागिपरेको चर्चा बलिउडमा चल्न थालेको छ ।
‘सुटआउट अल बदला’ फिल्ममा मनोज बाजपेयीलगायतका कालकारसँग जोनले अभिनय गर्ने भएका छन् । यही फिल्मको एउटा गीतमा विपाशालाई अभिनय गराउन निर्देशकले प्रयत्न गरेका थिए तर जोनले भाँजो हालेपछि फिल्म टोली बिलखबन्दमा परेको छ ।
जोननिकट स्रोतका अनुसार जोनले फिल्मका निर्माता–निर्देशकलाई विपाशालाई अभिनय नगराउन औपचारिक रूपमै आग्रह गरिसकेका छन् । बजारभाउका हिसाबले अहिले विपाशाभन्दा जोन सफल रहेकाले निर्माता–निर्देशकले उनको आग्रह स्वीकार गर्ने करिब पक्कापक्की भएको स्रोतको दाबी छ । (एजेन्सी)

प्रतिक्रिया