काठमाडौ, ५ साउन । विगत तीन दिन देखि काठमाडौंमा चलिरहेको एमाओवादीको विस्तारित तनावका कारण स्थगित दोस्रो बैठक पुन : शुरु भएको छ ।
बैठकमा गुटहरुको अन्त्यको उद्घोष गरि शुरु भएको बैठकमा कुन पक्षको कार्यकर्तालाई पहिला बोल्न दिने भन्ने विषयलाई लिएर तनव सृजना भई केही कार्यकर्ताले मञ्च तर्फ कुर्सी प्रहार सम्म गरेका थिए । उत्त तनाव पछि स्थगीत गरि नेपाल पर्यटन बोर्डको बैठक कक्षमा पोलिटब्यूरो बैठक गरी सहमति जुटाएपछि पुन : शुरु भएको एमाओवादी पोलिटब्यूरो सदस्य विश्वभक्त दुलालले जानकारी दिएका छन । यसभन्दा पहिला माओवादी शिविरमा भएको कारोवारको हिसाव किताव माग गर्दे पूर्व लडाकुहरुले नारवाजिी गरेपछि पहिलो पटक विस्तरीत बैठक स्थगित भएको थियो ।
उक्त माग जायज भएको भन्दै सबै कुराको छनाविन गर्न छानविन समिति गठन भएपछि बैठक शुचार भएको हो । अजको तनाव पछि विस्तारित बैठक देास्रो पटक स्थगित भएको हो ।
प्रतिक्रिया