काठमाडौं : एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २१औँ राष्ट्रिय सम्मेलन दुई चरणमा सम्पन्न हुने भएको छ । अखिलले विधान र नेतृत्व चयनको सम्मेलन पहिलोपटक छुट्टाछुट्टै समयमा तय गरेको हो । विधान सम्मेलन काठमाडौंमा गर्ने तय भएको छ भने नेतृत्व चयनको स्थान तय हुन सकेको छैन ।
अखिल नेत्री राधिका खतिवडाका अनुसार बुधबार बसेको केन्द्रीय कमिटी बैठकले ९ भदौदेखि तीन दिन विधान र २५ असोजदेखि तीन दिन नेतृत्व चयन गर्न राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलन अवधिमा सबैको ध्यान नेतृत्वमा हुने र विधान ओझेलमा पर्ने भएकाले यसपटक पहिले नै विधान सम्मेलन गर्न लागिएको खतिवडाले बताइन् ।
विधान सम्मेलनमा केन्द्रीय कमितिका सदस्य, अञ्चल कमिटीका पदाधिकारी र जिल्ला कमिटीका अधयक्ष गरी ६ सय प्रतिनिधि उपस्थित हुनेछन् । विधान सम्मेलनमा उपस्थित प्रतिनिधिले नै राष्ट्रिय सम्मेलनको स्थान तय गर्नेछन् । (सौस)
प्रतिक्रिया