पहिरोले दुई घर पुर्‍यो

जाजरकोट, साउन ४ । जाजरकोटको पूर्वी गाविस भगवती–३ अवलगुर्तामा पहिरोले २ घर पुरेको छ । गत साल भदौ ६ गतेको सोही ठाउाको पहिरोले ३ जनाको ज्यान लिनुका साथै आधा दर्जन घरमा क्षति पुरयाएको थियो । सोहि ठाउामा सोमवार गएको पहिरोले वालकृष्ण पुन र अव्वलवहादुर पुनको घर पुरेको हो ।
पिडित पक्षलाई स्थानीय प्रसासनले ५/५ हजार नगद राहत प्रदान गरेको छ । पहिरोकै कारण गत वर्ष देखि छिमेकी जिल्ला रुकुमको दामाचौरमा विस्थापित भएका ६० घरपरिवार अझै घर फर्केका छैनन् ।
यस्तै सोहि पहिरोले करिब ३ किलोमिटर टाढा च्युरी खोलाबाट ल्याएको खानेपानीको पाईपलाईन बगाएपछि उत्पन्न खानेपानीको अभाव अझै कायम रहेको छ । खानेपानी नभएपछि गाउामा रहेका स्थानीयहरु भेरी नदिको दुषित पानी पिउन बाध्य भएको स्थानीय मोहन बस्नेतले जानकारी दिए ।
२०४७ सालमा निर्माण भएको उक्त खानेपानी आयोजनाको अहिलेसम्म मर्मतसम्भार हुन सकेको छैन ।  यस विषयमा जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय जाजरकोटमा जानकारी गराएपनि वेवास्ता गरेको स्थानीयको आरोप छ । भगवति पुग्न सदरमुकामबाट २ दिनको पैदल यात्रा हिड्नुपर्ने हुन्छ ।
यता जिल्लाको नायकवाडा गाविस–३ मैनागाउंमा वर्षेनी निरन्तर जाने पहिरोले पुरै गाउं जोखिममा परेको छ । २०५० साल देखि गाउंमुनीको उत्तीसघारी वगाएको पहिरोले गत आईतवार ३ जना स्थानयिवासीको करिव ३० रोपनी मकै बारी वगाएको छ  ।
स्थानीय गोरखवहादुर वस्नेत, जसविर वस्नेत र लालवहादुर वस्नेतको जग्गा पुरै वगाएको ईलाका प्रहरी कार्यालय रामीडांडाले जनाएको छ ।।

प्रतिक्रिया