कांग्रेस र एमाले संघीयता विरोधी

वीरगन्ज , ३ साउन । तराई मधेश लोकतानित्रक पार्टी नेपालका अध्यक्ष महेन्द्रप्रसाद यादवले जातीय पहिचान र अधिकार खोज्दा नेपाली मुस्लिम समुदायमाथि आतंकवादीको बिल्ला भिराउने काम हुदै आएको  बताएका छन ।
मुश्लिम समुदायको अधिकार कुण्ठित पार्नका लागि विदेशी शक्तिले यस्तो आरोप लगाउने गरेको उनको भनाई थियो । बुधबार वीरगन्जमा नेपाल लोकतान्त्रिक मुश्लिम फ्रन्टको प्रथम् राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै यादवले भने ‘मुश्लिम समुदायले जातीय पहिचान र अधिकार खोज्दा आतंकवादीको बिल्ला भिराएर उनीहरुलाई दबाउने कार्य भएको छ ।’
उनले जातीयको पहिचान  र अधिकार प्राप्तीका लागी एकजुट भएर अघि बढ्न सम्पूर्ण मुश्लिम समुदायसंग आग्रह पनि गरे  । सिंचाइ मन्त्री समेत रहेका अध्यक्ष यादवले  मुश्लिम समुदायले अधिकार प्राप्तीका लागी धार्मिक शिक्षासंग  आधुनिक शिक्षामा पनि ध्यान दिनुपर्ने सुझाव दिएका थिए  ।
यादवले विपक्षी दलहरुले वर्तमान् सरकारको राजीनामा माग्नु अनुचित भएको तर्क गर्दै  संवैधानिक अप्ठेरोका कारण प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा नदिएको भन्दै यादवले सहमतीको सरकार बन्ने वातावरण निर्माण भएको अवस्थामा प्रधानमन्त्रीले तत्कालै राजीनामा दिन तयार रहेको दावी प्रस्तुत गरे ।
कांग्रेस र एमाले संघीयता विरोधी भएकाले नै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र एमाओवादीले संघीयता सहितको संविधान जारी गर्ने प्रयास गरेपनि उनीहरुले अवरोध गरेको मन्त्री यादवको आरोप छ ।
मुश्लिम फ्रन्टको राष्ट्रिय सम्मेलनमा तराईका २१ जिल्लाका गरि तीन सय ५० प्रतिनिधीहरुको सहभागीता छ । उद्घाटन शत्रलाई पार्टीका केन्द्रिय उपाध्यक्ष बज्रकिशोर सिंह, महामन्त्री दानबहादुर चौधरी, कोषाध्यक्ष रमणी राम, राष्ट्रिय महिला अयोागकी अध्यक्ष शेष चांदतारा लगायतले पनि सम्बोधन गरेका थिए  ।

प्रतिक्रिया