आधा वजन घटाइन् लुसीले

लन्डन : घरमा पालेको प्रिय जनावर आºनै स्वभावको होस् भन्ने चाहना कसमा हुँदैन र † तर, आफू जनावरजस्तै भएको थाहा पाउँदा भने नमज्जा लाग्न सक्छ । बेलायतकी लुसी इन्स्ले नाम गरेकी युवतीलाई पनि त्यस्तै भयो ।
मोटाएर २३ स्टोन वजन आर्जन गरेकी लुसीले करिब एक वर्षअघि घरपालुवा कुकुरससँग खिचेको फोटो हेरिन् । आºनो मोटो ज्यान कुकुरसँग ठ्याक्कै मिल्दोजुल्दो देखेपछि नरमाइलो महसुस गरेकी उनले वजन घटाउन निश्चय गरिन् । त्यसपछि डाइटिङ सुरु गरेकी उनले करिब एक वर्षको अन्तरालमा करिब आधा वजन घटाइसकेकी छिन् । ३५ वर्षीय लुसीले १२ स्टोन वजन घटाइसकेकी छिन्, जसले गर्दा अहिले उनी छरिती देखिएकी छिन् ।
‘कुकुरसँग खिचेको फोटो देखेपछि मात्रै म कति थसुल्लो पल्टिएकी रै’छु भन्ने महसुस गरेँ,’ आºनो छरितो जिउ हेर्दै उनले भनिन् । पहिले पहिले मानिसले आफूलाई अजीवको प्राणीलाई झैँ हेर्ने गरेको उनी सम्झिन्छिन् । ‘अहिले पनि उनीहरू मलाई हेर्छन् ।
तर, उनीहरूको हेर्ने दृष्टिकोण बदलिएको छ,’ मख्ख पर्दै उनी सुनाउँछिन् । (एजेन्सी)

प्रतिक्रिया