फेडेररले तोडे साम्प्रासको कीर्तिमान

स्विट्जरल्यान्ड : लन टेनिसका महान् खेलाडी पिट साम्प्रासको नाममा रहेको एक अर्को कीर्तिमान पनि रोजर फेडेररले भंग गरेका छन् । विश्व बरियताका क्रममा सबैभन्दा लामो समय (हप्ता) रहने खेलाडीका रूपमा फेडेररले साम्प्रासको नाममा रहेको कीर्तिमान तोडेका हुन् । साम्प्रास विश्व बरियता सूचीको नम्बर १ स्थानमा २ सय ८६ हप्ता रहेका थिए भने फेडेरर अहिले समग्रमा २ सय ८७औँ हप्ता विश्व नम्बर १ खेलाडीका रूपमा छन् ।
गत साता एन्डी मर्रेलाई पराजित गरी विम्बल्डन जितेका फेडेरर त्यसपछि विश्व बरियता क्रममा शीर्षस्थानमा पुगेका थिए । यस क्रममा फेडेररले विम्बल्डन जितेर आºनो दुई वर्षको ग्रान्डस्लाम उपाधिविहीन यात्रा टुंग्याएका थिए । ३० वर्षीय फेडेररले विम्बल्डन उपाधि जितेर यो प्रतियोगिता सर्वाधिक सातपटक जित्ने साम्प्रासको कीर्तिमान पनि बराबरी गरेका थिए । विम्बल्डन उपाधिसँगै फेडेररले साम्प्रासको शीर्षस्थानमा लामो समय रहने खेलाडीको कीर्तिमान तोड्ने पनि पक्का भएको थियो ।  ‘म अत्यधिक खुसी छु । मेरो बाल्यकालका हिरोको कीर्तिमान तोड्न सकेकामा सम्मानित महसुस भइरहेको छ ।’
सन् २००४ मा पहिलोपटक विश्व नम्बर १ भएका फेडेररले नयाँ कीर्तिमानपछि भने । साम्प्रासले आºनो  १४ वर्षको खेलाडी जीवनमा स्पर्धातर्फ  कीर्तिमानी १५ एकल ग्रान्डस्लाम उपाधि जितेका थिए । दुई वर्षअघि फेडेररले उक्त कीर्तिमान पनि तोडेका थिए ।  ‘खेलकुदमा सबैभन्दा कठिन चुनौती भनेको शीर्षस्थानमा कायम रहनु हो ।’ अमेरिकी साम्प्रासले भने, ‘तर फेडेरर त्यो चुनौती चिर्न सफल भएका छन् ।’ (एजेन्सी)

प्रतिक्रिया