डा. बाबुराम भट्टराईका राजनीतिक गुरु (एसडि मुनी) शुकदेव मुनी जसले एमाओवादी अध्यक्ष दाहाल र भट्टराईको भारतीय गुप्तचर संस्था ‘रअ’ मार्फत सन् २००२ मै प्रधानमन्त्रीसम्म पहुँच रहेको खुलासा गरेका छन् । स्मरण रहोस्– त्यतिबेला भारतमा पश्चिमा समर्थनप्राप्त भाजपा सरकार थियो र सन् २००१ को जुनमा नेपालमा राजदरबार हत्याकाण्ड गराइयो । नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन शीर्षकमा (२४ जेठ ०५८ कान्तिपुर) डा. भट्टराई लेख्दछन् पाप धुरीबाट कराउँछ भनेजस्तै त्यस घटनाबारे वास्तविक सत्य एकदिन अवश्य उद्घाटित हुनेछ । ‘सिआइए (दिल्लीमा शाखा खोलिएको एफविआईमार्फत) को सहमतिमा ‘रअ’ ले यससम्बन्धी रणनीतिको तर्जुमा गर्यो । स्मरण रहोस्– बाबुरामका अर्का मित्र ‘टि हर्मिज’ जो त्यतिबेला ‘रअ’ को नेपाल प्रमुख थिए । दरबार हत्याकाण्डपछि उनी ‘रअ’ को प्रमुख बने र उनी क्रिस्चियन पनि हुन् । पाप धुरीबाट कराउँछ भनेजस्तै २० हजार नेपालीको हत्या, राष्ट्रघात र त्यो रगतले लतपतिएको जनहत्यारो अनुहार जसले शब्दवाद र क्रान्तिका नाममा निर्दोष नागरिकको हत्या गराए त्यो पापी अनुहारको पाप सत्ययुगमा सय वर्ष कलियुगमा आजको भोलि भनेजस्तै १० वर्षमै उदांग भएको छ । तमिलको जगमा राजीव गान्धीको हत्या, आलिस्तानको जगमा भारतमा ‘सिआइए’ ले ‘रअ’ भित्र पहुँच राख्दै इन्दिरा गान्धीको हत्या गराएजस्तै (माओवादीसँग हुँदै नभएको राजा विरेन्द्रसँग सम्बन्धको गोयवल्स प्रपोगन्डा गर्दै) इन्डो–पश्चिमा रणनीतिमा दरबारभित्र बकिङघम प्यालेसको नेक्सस पश्चिम केन्द्रसहित हत्या गराइएको स्पष्ट भएको छ । अघोषित रूपमा यसको खुलासा एक पुस्तकमार्फत स्वयं एसडी मुनीले गरेका छन् । अब कुनै दिन दरबार हत्याकाण्डपछि दरबारमा रहेका सुरक्षाकर्मीलाई दाङ र अछामको मंगलसेनमा सरुवा गरिनु र दाहाल भट्टराईको संलग्नतामा सेनामाथि पहिलो आक्रमण र कत्लेआम गरिएको हत्याका सुनियोजित पाटाहरू पनि अवश्य खुल्नेछन् । अब लुकेका कुरा रहेनन् । ‘सिआइए’ को रणनीतिमा ‘रअ’ ब्यानरमा डा. बाबुराम भट्टराई र ‘सिआइए’ रणनीतिमा राष्ट्रवादको व्यानरमा दाहालको प्रयोग लुम्बिनी प्रकरण, पशुपति प्रकरणदेखि सेना विघटन गराउने प्रकरणसम्म आइपुग्दा सर्वांग निर्वस्त्र भइसकेको अवस्थामा मुनीले बाँकी रहेको आशंकालाई पनि पूर्णरूपमा मेटाइदिएका छन् ।
यान्टकमा महिला (वेश्या) या पुरुष (वेश्या) हरूले पुरुषत्व र सतित्वको नाटक मञ्चन गर्दागर्दै जसरी एड्सजस्तो खतरनाक रोग लागेपछि मृत्यु पर्खनुको विकल्प रहँदैन । त्यसरी नै माओवादको आवरणमा माओको बदनाम र राष्ट्रवादको आवरणमा अफगानिस्तानीकरण गर्न इन्डो, सिआइए खुफिया रणनीतिमा भ्रम दिँदै आएका दाहाल/भट्टराईको यतिबेला एड्स लागेका पुरुष या महिला (वेश्या) जस्तै राजनीतिक आवरणका एड्सग्रस्त गुप्तचरका रूपमा अब अवसानको विकल्प छैन । त्यो भन्दापूर्व राजनीतिक आवरणमा मुक्तिनाथ अधिकारीदेखि बालिका काजोल हत्या साथै रुकुमको हारजंगमा जिउँदै आगो लगाएर गरिएको हत्यादेखि बाँदरमुढे हत्याकाण्डका लागि कठघरामा उभ्याउँदै सजाय दिन अनिवार्य छ । राजनीतिक आवरणमा हत्या गर्ने चलन पुन: प्रयोगमा आउने सम्भावनाको अन्त्य पनि त्यति नै जरुरी छ । मदन भण्डारीजस्ता लोकप्रिय नेता र राजा वीरेन्द्रजस्ता लोकप्रिय राजाको हत्या हुँदासमेत आफैँले आतंककारी घोषणा गरेका माओवादी नेता दाहाल भट्टराईको ‘रअ’ देखि प्रधानमन्त्रीसम्म पहुँच किन थियो त ? आफ्नै पार्टीका नेता किरण, गौरव गिरफ्तार हुँदा पनि उनीहरू दिल्लीका पाँचतारे होटलहरूमा कसरी सुरक्षित रहे ? यस विषयमा रामबहादुर थापा बादलले खोलिसकेका छन् भने केही खुल्न बाँकी छ । सुरुमै पश्चिमा रणनीतिमा वैचारिक कार्यकर्ताको योजनाबद्ध रूपमा हत्या गर्दै तलदेखि माथिसम्म कब्जा गर्ने रणनीतिमा केन्द्रीकृत रूपमा मदन र राजावीरेन्द्रको हत्या र तल पनि वैचारिक कार्यकर्ताको हत्या एउटै रणनीतिका फरक पार्ट थिए । पार्टीभित्र र बाहिर सैद्धान्तिक नेतृत्वको हत्या गर्ने डिजाइनअनुसार नै कांग्रेसभित्रका पञ्चायतविरोधी नेतृत्व दिने कार्यकर्ताको हत्या गरियो ।
डा. बाबुराम दिल्ली पुगेकै दोस्रो दिन गोरखामा सुरेश वाग्लेको हत्या र यानप्रसाद गौत्तम ‘आलोक’ को षड्यन्त्रपूर्वक हत्या एउटै उद्देश्यका फरक पाटाहरू थिए । पाप धुरीबाट कराउँछ भनेजस्तै अन्तर्राष्ट्रिय अदालतमा युद्ध अपराधको मुद्दामा उभिनुभन्दा पूर्व नै यी कर्तुतहरूको पनि अवश्य खुलासा हुनेछ र हुनुपर्छ । अब यो या त्यो दल होइन, मुलुकलाई ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ जन्मभूमि नै स्वर्गभन्दा ठूलो हो भन्ने मान्यतालाई आत्मसात् गर्दै सम्पूर्ण देशभक्त, प्रजातन्त्रवादी, वामपन्थी र प्रगतिशील शक्तिहरू घोरदक्षिणपन्थी र दाहाल/भट्टराईको उग्रवामपन्थ आवरणको भ्रमदेखि मुक्त हुँनैपर्छ । एमाओवादीमार्फत भारतीय गुप्तचर संस्था ‘रअ’ले आफ्ना थुप्रै एजेन्डा नेपालमा लागु गराउँदै छ । बिप्पा सम्झौता, विमानस्थल मात्र होइन, अन्य डरलाग्दा सम्झौताप्रति नेपाली जनता सजग हुन जरुरी छ ।
प्रतिक्रिया