काठमाडौ, साउन १ । एमाओवादीले आज सोमवार देखि काठमाडौम गर्न लागेको विस्तारित बैठक एक दिनको लागि अर्थात मंगलवार सम्मको लागि स्थगित गरेको छ ।
आज सोमबार विहान भएका दुई ठाउंमा भएको सड्क दुर्घट्नामा केही कार्यकर्ता परेको र केही सम्पर्क बाहिर रहेको कारण आजको उद्घाटन समारोहलाई एक दिनको लागि स्थगित गरिएको एमओवादीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ। सड्क दुर्घट्नाका कारण बाटो अवरुद्ध भई बैठकमा सहभागि हुन आएका कार्यकर्ता विच बाटोमा नै अलपत्र परेका कारण बैठक एक दिनको लागि पर सरिएको हो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार आज सोमवार दिनको १ बजे काठमाडौ को भृकुटी मण्डपमा १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । पार्टी विभाजन पछि पहिलो पटक हुन लागेको यो विस्तारित बैठकले भावि कार्यदिशा तय गर्ने कुरा एमाओवादीले यस भन्दा पहिला नै जनाई सकेको छ ।
प्रतिक्रिया