राजेशलाई एसियाली ‘ए’ लाइसेन्स

काठमाडौं : जुडो युनियन अफ एसिया (जेयुए) को आयोजनामा मकाउमा भएको जेयुए ओर्गनाइजिङ सेमिनार तथा एक्सपर्ट परीक्षामा जुडो प्रशिक्षक राजेश कर्माचार्य उत्तीर्ण भएका   छन् ।
उत्तीर्ण भएसँगै राजेशले एसियाली स्तरको ‘ए’ लाइसेन्स प्राप्त गरेका छन् । राजेश एसियाली स्तरको ‘ए’ लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली जुडो प्रशिक्षकसमेत बनेको नेपाल जुडो संघले जनाएको छ । यस्तो लाइसेन्स पाउनेले जुडोको कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न पाउने छ ।
दुई अन्तर्राष्ट्रिय तथा दर्जनौँ राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिसकेका राजेश जुडो संघका सचिव तथा स्पोर्टस् डाइरेक्टर पनि हुन् । उक्त कार्यक्रममा नेपालबाट राजेश मात्र सहभागी थिए । २८ जुनदेखि २ जुलाइसम्म भएको उक्त परीक्षामा नेपाललगायत मकाउ, हंकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, भारत, श्रीलंका, ताइपेई तथा चीन गरी १० राष्ट्रका १५ जना सहभागी थिए । (सौस)

प्रतिक्रिया